नेपालद्वारा अमेरिकाविरुद्धको टी-२० सिरिज क्लिनस्वीप

काठमाडौँ, ५ कार्तिक । नेपालले अमेरिकाविरुद्धको तीन खेलको टी-२० आई सिरिज क्लिनस्वीप गरेको छ ।

तेस्रो खेलमा अमेरिकालाई ८ विकेटले पराजित गर्दै नेपालले सिरिज नै क्लिनस्वीप गरेको हो । आज बिहान भएको तेस्रो तथा अन्तिम खेलमा अमेरिकाले दिएको १५७ रनको लक्ष्य नेपालले १८.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्दै सिजिर क्लिनस्वीप गरेको हो ।

पहिलो खेलमा अमेरिकाविरुद्ध १७ रनले जित निकालेको नेपालले दोस्रो खेल भने सुपर ओभरमा जितेको  थियो । आजको खेलमा नेपालका आसिफ शेख ५० र अनिल शाह १३ रनमा आउट हुँदा कुशल मल्ल ४४ र कुशल भुर्तेल ४० रनमा अविजित रहे । अमेरिकाका जुवानाय ड्राइसडेल र जसदीप सिंहले एक/एक विकेट लिए ।

यसअघि डालसमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले ५ विकेटको क्षतिमा १५६ रन बनाएको थियो । अमेरिकाका लागि सैतेजा मुक्कामल्लाले ६८, मिलिन्ड कुमारले ४३, आरोन जोन्सले १३ रन र हरमीत सिंहले १० रन जोडे । अरु ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।

नेपालका सोमपाल कामीले तीन, रिजन ढकाल र ललित राजवंशीले एक/एक विकेट लिए । यसअघि लिग-२ का लागि क्यानडामा गएको नेपाली टोलीले निराशाजनक प्रदर्शन गरेको थियो । अमेरिका पुगेपछि भने नेपाली खेलाडीले आशालाग्दो प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ भदौ । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सोमबार एकै दिन ६० करोड २ लाख रुपैयाँ सङ्कलन भएको छ

काठमाडौँ, १५ भदौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई मोबाइल बैंकिङ एप मार्फत सिधै प्रधानमन्त्री राहत कोषमा पैसा जम्मा

काठमाडौँ, १५ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबानपीडितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि

काठमाडौँ, १५ भदौ । चिनियाँ राष्ट्रपति सी चिनपिङ र चीनका प्रधानमन्त्री ली छियाङको रसुवामा गएको बाढीमा नेपालले भोगेको क्षतिप्रति चीन