विश्व स्वास्थ्य संगठनद्वारा इजिप्टलाई औलोमुक्त घोषणा

जेनेभा, ५ कार्तिक । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले इजिप्टलाई औलोमुक्त घोषणा गरेको छ ।

यो उपलब्धिलाई डब्ल्यूएचओले ‘साँच्चिकै ऐतिहासिक’ र रोग निर्मूल पार्न करिब एक शताब्दी लामो कामको परिणाम भनेको छ । 

विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले भने, ‘औलो इजिप्टको सभ्यता जत्तिकै पुरानो हो, अब यो रोग इजिप्टको इतिहास बनेको छ। इजिप्ट औलोमुक्त रहिरहनेछ।’ 

उनले भने, ‘इजिप्टलाई औलोमुत्त को रूपमा यो प्रमाणीकरण वास्तवमै ऐतिहासिक छ, र यो प्राचीन सङ्कटबाट आफूलाई मुक्त गर्न इजिप्टका जनता र सरकारको प्रतिबद्धताको प्रमाण हो।’

विश्वका ४४ देश र एउटा क्षेत्र औलोमुक्त घोषणा भइसकेका छन् । एनोफिलीज लामखुट्टेको टोकाइबाट हुने औलोको संक्रमणको शृङ्खला विगत तीन वर्षदेखि देशव्यापी रूपमा अवरुद्ध भएको कुरा कुनै देशले प्रमाणित गरेपछि डब्लुएचओले प्रमाणीकरण प्रदान गर्छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ असाेज । श्री युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको अध्यक्षमा निरञ्जन बजगाई सर्वसम्मत चयन हुनु

काठमाडौँ, २५ असोज । बजारमा कागतीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज

काठमाडौँ, २५ असोज । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ८ सय

काठमाडौँ, २५ असोज । गोरखाको बूढीगण्डकी नदीमा आज बिहान आएको बाढीले तटीय बस्तीहरूमा पुर्‍याएको क्षतिप्रति नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर