बैंकसहित लेबनानका २४ स्थानमा आक्रमण गर्ने  इजरायलको चेतावनी

एजेन्सी, ५ कार्तिक । इजरायली सेनाले लेबनानमा बस्ने मानिसहरूका लागि नयाँ चेतावनी जारी गरेको छ। यो नयाँ चेतावनी अनुसार, इजरायलले चाँडै नै लेबनानको राजधानी बेरुतसहित सम्पूर्ण देशका २४ क्षेत्रमा रातभर आक्रमण गर्ने योजना बनाएको हो ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले हिजबुल्लाहलाई समर्थन गर्ने बैंक र अन्य वित्तीय लक्ष्यहरूलाई लक्षित गर्ने बताएको छ । यसै क्रममा इजरायलले बेरुतको दक्षिणी क्षेत्रमा रहेको दाहेह सहरमा आठवटा हवाई हमला गरेको छ । यो ठाउँ हिजबुल्लाहको नियन्त्रणमा छ । 

लेबनानको सरकारी मिडियाले पनि आक्रमण देशको पूर्वी भागमा भएको बताएको छ । हिजबुल्लाहले पनि आइतबार इजरायली सैन्य लक्ष्यहरूलाई लक्षित गरी रकेट प्रहार गरेको बताएको छ ।

आइतबार साँझ आइडीएफका प्रवक्ता ड्यानियल हगारीले हिजबुल्लाहका आतंककारी गतिविधिहरूलाई आर्थिक सहयोग गर्ने आधारहरू नजिक रहेका जो कोहीले पनि तुरुन्तै सो स्थान छाड्नु पर्ने चेतावनी दिए। ‘हामी अबको केही घण्टा भित्र धेरै लक्ष्यहरू आक्रमण गर्नेछौं। आगामी दिनहरूमा इरानले हिजबुल्लाहलाई कसरी आर्थिक सहयोग गर्छ भन्ने कुरा हामी सबैसामु ल्याउँछौँ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ असाेज । श्री युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको अध्यक्षमा निरञ्जन बजगाई सर्वसम्मत चयन हुनु

काठमाडौँ, २५ असोज । बजारमा कागतीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज

काठमाडौँ, २५ असोज । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ८ सय

काठमाडौँ, २५ असोज । गोरखाको बूढीगण्डकी नदीमा आज बिहान आएको बाढीले तटीय बस्तीहरूमा पुर्‍याएको क्षतिप्रति नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर