काठमाडौँ महानगरले विद्यालयमा खेल प्रशिक्षण गर्दै

काठमाडौँ, २८ असोज । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा खेल प्रशिक्षण गर्ने भएको छ ।

महानगरले स्वर्णिम योजना ‘रचनात्मक विद्यालय’ अन्तर्गत कक्षा ४ देखि १२ सम्मका विद्यार्थीहरूलाई मंसिर १ गतेदेखि १७ वटा विधामा खेल प्रशिक्षण सुरु गर्न लागेको हो । प्रशिक्षणमा क्रिकेट, भलिबल, फुटबल, बक्सिङ्, तेक्वान्दो, खो–खो, एथलेटिक्स, बास्केटबल, टेवुल टेनिस, कराँते, पौडी, कवर्दी, इ–स्पोर्टस्, जुडो, व्याटमिन्टन, चेस र उसु लगायतका विधा रहने सहरी योजना आयोगका सहायक विज्ञ सस्मित पोखरेलले जानकारी दिए। 

उनका अनुसार प्रशिक्षणका लागि १२ हजार १२१ जना विद्यार्थी आवेदन दिन सक्नेछन् । कार्तिक मसान्तभित्र छनोट भएका विद्यार्थीहरूलाई मंसिर १ गतेदेखि तालिम दिइने उनको भनाई छ । मंसिर, पुस र माघ गरी करिब ३ महिना तालिम दिएर माघको अन्तिम महिनामा प्रतियोगिता आयोजना गर्ने महानगरको तयारी छ। छनोट र तालिम सामुदायिक विद्यालयका विद्यार्थीबीच हुने तर प्रतियोगिताका लागि भने संस्थागत विद्यालयका विद्यार्थीलाई पनि अवसर दिइने पोखरेलले बताए।

यसैगरी जुनियर छात्र र जुनियर छात्रा तथा सिनियर छात्रा र सिनियर छात्र गरी ४ समूहमा तालिम सञ्चालन हुनेछ। जुनियरमा कक्षा ४ देखि ८ सम्मका विद्यार्थीलाई र सिनियरमा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई सहभागी गराइनेछ। कक्षा १० का विद्यार्थीलाई भने खेलमा भन्दा एसईईको तयारीमा प्रोत्साहन गरिनेछ। 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

काठमाडौँ, ३ असोज । प्रधानमन्त्री वालेनद्र शाह (बालेन)ले सरकार विद्यमान संविधानप्रति सरकार पूर्णरुपमा प्रतिबद्ध रहेको बताएका छन् । आज संविधान दिवसको

काठमाडौँ, ३ असोज । रौतहटको सदरमुकाम गौर भन्सार नाकाबाट स्रोत नखुलेको २ लाख ५४ हजार रुपैयाँ नगदसहित दुई जना पक्राउ परेका

काठमाडौँ, ३ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संविधानको समीक्षा समाजको पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर गर्नुपर्ने