विद्यालयमा विपत् ब्यवस्थापनका लागि बित्त ब्यवस्थापन

काठमाडौँ, २३ असोज । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा मंगलबार विषयगत समितिको बैठक सम्पन्न भएको छ । हालै आएको बाढी पहिरोबाट विद्यालय र शिक्षा क्षेत्रमा पुगेको क्षतिको जानकारी, तत्काल राहत तथा पूनर्स्थापना र भावी योजनाका बारेमा तीनै तहका सरकारबिच छलफल सहित क्षतिको लेखाजोखा र समन्वय कार्ययोजना योजना बनाउन बैठक आयोजना भएको हो ।

बैठकमा शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री बिद्या भट्टराईले विपदमा सबै तहका सरकार र जिम्मेवार निकाय तथा व्यक्तिहरूले निस्वार्थ भावले मानवीय संवेदनशीलतालाइ ख्याल राखी कार्य सम्पादन गर्न आग्रह गर्नुभयो । भट्टराईले विद्यालयलाई विपत् व्यवस्थापनका लागि शैक्षिक कार्यक्रम शीर्षकमा प्रति प्रदेश दुई करोडका दरले वित्तीय सहयोग हस्तान्तरण गरिएको, आपत्‌कालीन योजना र सिकाइ सामग्रीमा अनुदान दिइएको र योजना कार्यान्वयनका लागि महानगरपालिकामा छ लाख, उपमहानगर‌पालिका र नगरपालिकालाई ५ लाख र गाँउपालिकालाई ४ लाखका दरले बजेट व्यवस्थापन गरिएको उल्लेख गर्नुभयो ।

शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री विद्या भट्टराईको अध्यक्षतामा सम्पन्न भर्चुअल बैठकमा प्रदेश सरकारहरूका शिक्षा हेर्ने मन्त्रालयका मन्त्री, मन्त्रालयका सचिव, बाढि प्रभाबीत स्थानीय तह‌का प्रमुख तथा शिक्षा शाखा प्रमुख , विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव, विभागीय प्रमुख, सहसचिव लगायतको सहभागिता थियो । बैठकमा जोखिम मूल्याङ्‌कन, शैक्षिक सामग्री व्यवस्थापन, अस्थायी सिकाइ केन्द्र निर्माण, खानेपानी, शोचालय र खेल मैदान व्यवस्थापन, मनोसामाजिक परामर्श तथा स्रोत व्यवस्थापनका विषयमा पनि छलफल भएको थियो ।

बैठकमा अघिल्लो बैठकको समीक्षा सहित पाँचथर, मोरङ, सप्तरी, सर्लाही, सिरहा पर्सा, दोलखा, सिन्धुली, रसुवा, ललितपुर, काभ्रे, मकवानपुर, गुल्मी, रूपन्देही, नवलपरासी पश्चिम, हुम्ला, जाजरकोट, सुर्खेत, भक्तपुर, चितवन, धादिङ, काठमाडौं खोटाङ, उदयपुर, कपिलवस्तु, बारा र तनहुँ जिल्लामा गरी कुल ५४ स्थानीय तहका २०० विद्यालयमा पुगेको क्षतिको विवरण सहित तत्काल गर्नुपर्ने कामका सम्बन्धमा छलफल भएको शिक्षा मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल

काठमाडौँ, ५ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । संसद् सचिवालयका अपराह्न १

काठमाडौँ, ४ असाेज । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पत्रकारले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिनुपर्ने

काठमाडौँ, ४ असाेज । संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्बोधन गर्ने तय भएको छ