विद्यालयमा विपत् ब्यवस्थापनका लागि बित्त ब्यवस्थापन

काठमाडौँ, २३ असोज । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा मंगलबार विषयगत समितिको बैठक सम्पन्न भएको छ । हालै आएको बाढी पहिरोबाट विद्यालय र शिक्षा क्षेत्रमा पुगेको क्षतिको जानकारी, तत्काल राहत तथा पूनर्स्थापना र भावी योजनाका बारेमा तीनै तहका सरकारबिच छलफल सहित क्षतिको लेखाजोखा र समन्वय कार्ययोजना योजना बनाउन बैठक आयोजना भएको हो ।

बैठकमा शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री बिद्या भट्टराईले विपदमा सबै तहका सरकार र जिम्मेवार निकाय तथा व्यक्तिहरूले निस्वार्थ भावले मानवीय संवेदनशीलतालाइ ख्याल राखी कार्य सम्पादन गर्न आग्रह गर्नुभयो । भट्टराईले विद्यालयलाई विपत् व्यवस्थापनका लागि शैक्षिक कार्यक्रम शीर्षकमा प्रति प्रदेश दुई करोडका दरले वित्तीय सहयोग हस्तान्तरण गरिएको, आपत्‌कालीन योजना र सिकाइ सामग्रीमा अनुदान दिइएको र योजना कार्यान्वयनका लागि महानगरपालिकामा छ लाख, उपमहानगर‌पालिका र नगरपालिकालाई ५ लाख र गाँउपालिकालाई ४ लाखका दरले बजेट व्यवस्थापन गरिएको उल्लेख गर्नुभयो ।

शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री विद्या भट्टराईको अध्यक्षतामा सम्पन्न भर्चुअल बैठकमा प्रदेश सरकारहरूका शिक्षा हेर्ने मन्त्रालयका मन्त्री, मन्त्रालयका सचिव, बाढि प्रभाबीत स्थानीय तह‌का प्रमुख तथा शिक्षा शाखा प्रमुख , विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव, विभागीय प्रमुख, सहसचिव लगायतको सहभागिता थियो । बैठकमा जोखिम मूल्याङ्‌कन, शैक्षिक सामग्री व्यवस्थापन, अस्थायी सिकाइ केन्द्र निर्माण, खानेपानी, शोचालय र खेल मैदान व्यवस्थापन, मनोसामाजिक परामर्श तथा स्रोत व्यवस्थापनका विषयमा पनि छलफल भएको थियो ।

बैठकमा अघिल्लो बैठकको समीक्षा सहित पाँचथर, मोरङ, सप्तरी, सर्लाही, सिरहा पर्सा, दोलखा, सिन्धुली, रसुवा, ललितपुर, काभ्रे, मकवानपुर, गुल्मी, रूपन्देही, नवलपरासी पश्चिम, हुम्ला, जाजरकोट, सुर्खेत, भक्तपुर, चितवन, धादिङ, काठमाडौं खोटाङ, उदयपुर, कपिलवस्तु, बारा र तनहुँ जिल्लामा गरी कुल ५४ स्थानीय तहका २०० विद्यालयमा पुगेको क्षतिको विवरण सहित तत्काल गर्नुपर्ने कामका सम्बन्धमा छलफल भएको शिक्षा मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित