काठमाडौँ, २२ असोज । निर्वाचन आयोगले आर्थिक वर्ष २०८०–०८१ मा सम्पादन गरेका कामहरूको वार्षिक प्रतिवेदन पेश गरेको छ ।
आज राष्ट्रपति कार्यालय शितलनिवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेल समक्ष प्रतिवेदन पेश गरिएको हो । राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले सो प्रतिवेदन राष्ट्रपति पौडेललाई प्रदान गरेका हुन् ।
सो अवसरमा राष्ट्रपति पौडेलले आवधिक निर्वाचन सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र मुलुकको विकास एवम् स्थायित्वको एउटा आधार भएको बताए ।