वालेटमार्फत एकैदिन ३० वटासम्म कारोबार गर्न सकिने

काठमाडौँ, २२ असोज । नेपाल राष्ट्र बैंकले वालेटमार्फत प्रतिदिन गर्न पाउने कारोबार सङ्ख्या बढाएको छ ।

दसैँ तथा तिहारमा हुने कारोबार तथा दक्षिणा आदानप्रदानलाई सहज बनाउने उद्देश्यले यस्तो सीमा बढाइएको हो ।

नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले यस्ता वालेट प्रयोगकर्ताले दसैँको दश दिन र तिहारको सात दिनका लागि एकै दिनमा ३० पटकसम्म कारोबार गर्न पाउने व्यवस्था गरेको हो । सामान्य अवस्थामा एक दिनमा बढीमा १० वटा मात्रै कारोबार गर्न पाइन्थ्यो ।

यो संशोधन दसैँका लागि असोज २१ गतेदेखि कात्तिक १ गतेसम्म र तिहारका लागि कात्तिक १५ गतेदेखि कात्तिक २२ गतेसम्मका लागि लागु हुने विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ कार्तिक । काठमाडौँ महानगरपालिकाले प्रयोगका लागि निषेध गरेको ३५ बोरा प्लास्टिकको माला बरामद गरेको छ । नगर प्रहरीले

काठमाडौँ, १६ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति डिपी आर्यलले अनुमतिबिना निजी टेलिफोन संवादको विषय बाहिर ल्याएको भन्दै कानूनी प्रक्रियामा

काठमाडौँ, १६ कार्तिक । यातायात व्यवसायीबाट पालिकाहरूले गैरकानुनी रूपमा सडकमा कर उठाइरहेको गुनासो आएपछि त्यस्ता गैरकानुनी गतिविधि रोक्न गृह मन्त्रालयले

काठमाडौँ, १६ कार्तिक । निर्वाचन आयोगले दिएको निर्देशन पश्चात् ७ वटा राजनीतिक दलले आफ्नो नाम परिवर्तन गरेका छन् । आयोगले