सांसद चौधरीद्वारा उखुको समर्थन मूल्य छिटो तोक्न र मलको कोटा बढाउन माग

काठमाडौँ, २२ असोज । सांसद विनोद चौधरीले उखुको समर्थन मूल्य तोक्न सरकारसँग माग गरेका छन् ।

समयमै उखुको समर्थन मूल्य नतोक्दा किसान निराश बनेका भन्दै उनले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसद चौधरीले उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र कृषिमन्त्री रामनाथ अधिकारीलाई भेटेर किसानका समस्याका बारेमा ध्यानाकर्षण गराएका हुन् । सांसद चौधरीको निर्वाचन क्षेत्र नवलपरासी–१ उखु खेतीका निम्ति पकेट क्षेत्र मानिन्छ ।

गत वर्ष सरकारले तोकेको अनुदानापतको रकम किसानले अझै नपाएको र केही चिनी मिलले पनि किसानलाई हालसम्म भुक्तानी नदिएको उनले बताए । उनले बजारमा बढेको महँगीलाई ध्यान दिएर उखुको समर्थन मूल्य र अनुदान रकम पनि बढाउन माग गरे ।

उनले उखुको न्यूनतम मूल्य प्रतिक्विन्टल ७३५ र ढुवानीबापतको सरकारले प्रदान गर्ने अनुदान प्रतिक्विन्टल १०० गरी ८३५ रुपैयाँ कायम गर्न प्रस्ताव गरे ।

साथै, सांसद चौधरीले नवलपरासी केरा तथा उखुको पकेट एरिया भएको र यिनलाई बढी मलको आवश्यकता पर्ने उल्लेख गरे । हाल प्राप्त मलको कोटा अपुग भएको उनले बताए । उनले उक्त क्षेत्रका निम्ति मलको कोटा वृद्घि गर्न पनि सरकारसँग माग गरे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ मंसिर । राष्ट्रिय परीक्षा बोर्डले १४ वर्ष उमेर पूरा भएका विद्यार्थीले मात्र एसईई परीक्षामा सहभागी हुन पाउने व्यवस्था

भक्तपुर, २१ मंसिर । किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी सुरक्षित व्यवहार प्रवद्र्धन गर्ने उदेश्यले वागमती प्रदेश स्वस्थ्य मन्त्रालयले

कालिकोट, २१ मंसिर । कालिकोटको महाबै गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । बहाबै–२ ओदाका ६५ वर्षीय चर्च

सर्लाही, २१ मंसिर । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न