विश्वकै दोस्रो धनाढ्य बने मार्क जुकरबर्ग

एजेन्सी, २० असोज । फेसबुक लगायत सामाजिक सञ्जाल कम्पनीहरूको माउ कम्पनी मेटाका प्रमुख कार्यकारी अधिकारी (सीईओ) जुकरबर्ग यतिबेला विश्वको दोस्रो धनी व्यक्ति बनेका छन् । 

एमाजनका हाकिम जेफ बेजोस र फ्रान्सेली लक्जरी ब्रान्ड एलभीएचएमका बर्नार्ड आर्नोलाई उछिनेर ब्लुम्बर्गको बिलेनियर्स इन्डेक्समा उनी दोस्रो स्थानमा उक्लिएका छन् ।

सूचकका अनुसार जुकरबर्गको नेटवर्थ २ खर्ब ११ अर्ब डलर रहेको छ । उनीभन्दा अगाडि अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्क छन् । 

मस्कको नेटवर्थ २ खर्ब ६३ अर्ब डलर रहेको छ । यो वर्ष सुरु भएयता जुकरबर्गको सम्पत्ति ८२ अर्ब डलरले बढिसकेको छ । हालै मात्रै उनी २ खर्बपतिको समूहमा प्रवेश गरेका थिए । जुकरबर्थले सन् २००४ मा फेसबुक लन्च गरेका थिए । उनको अधिकांश सम्पत्ति मेटाको शेयरमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ कार्तिक । जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट भागेर फरार भएका लागुऔषध मुद्दाका एक कैदीलाई प्रहरीले सिरहाबाट पक्राउ गरेको छ

काठमाडौँ, १५ कार्तिक । काठमाडौँ महानगरपालिका–६ चुच्चेपाटीबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ चार ग्राम २५० मिलिग्राम र नगद रु २० हजार २०० सहित

काठमाडौँ, १५ कार्तिक । बीपी राजमार्गमा खहरेखोलाबाट ढुङ्गामाटोसहितको लेदो बगेर सडकमा थुप्रिएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । प्रहरीका अनुसार

काठमाडौँ, १५ कार्तिक । डोल्पाको डाेल्पाे बुद्व गाउँपालिकाबाट शे फाेक्सुण्डाे ताल तर्फ आउँदै गर्दा दुई महिलासहित ६ जना भारतीय पर्यटक