बाढी प्रभावित काभ्रेका ३ स्थानीय तहलाई काठमाडौँ महानगरले २०/२० लाख रुपैयाँ दिने

काठमाडौँ, १८ असोज । काठमाडौँ महानगरपालिकाले काभ्रेपलाञ्चोक जिल्लाका बाढी प्रभावित तीन वटा स्थानीय तहहरूलाई आर्थिक सहयोग गरेको छ ।

मेयर बालेन साहको अध्यक्षतामा आज बसेको महानगर विपद् व्यवस्थापन समितिको बैठकले तीन वटै स्थानीय तहहरूलाई २०/२० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।

महानगरले बाढीजन्य विपदबाट पुगेको क्षति पुनर्स्थापना तथा संकट व्यवस्थापन गर्न राहतका लागि पनौती नगरपालिका, रोशी गाउँपालिका र बेथानचोक गाउँपालिकालाई २०/२० लाख रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने  निर्णय गरेको हो ।

महानगरले  आन्तरिकतर्फ आफ्नो भौगोलिक क्षेत्रभित्र भएको क्षतिको विवरण पठाउन महानगरले वडाहरूलाई पत्राचार  गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ कार्तिक । ‘नेपालमै उत्पादित फूलको माला लगाऔँ, नेपाली हुनुको गौरव बढाऔँ’ भन्ने नाराका साथ धनगढीका चोक तथा गल्लीमा

काठमाडौँ, १७ कार्तिक । लुकिछिपी पड्काउने पटकाका कारण वायु प्रदूषण बढेको छ । एयर क्वालिटी इन्डेक्स’ले शुक्रबार साँझ काठमाडौँको समग्र

काठमाडौँ, १७ कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ ।  गोलभेडा

काठमाडौँ, १७ कार्तिक । नेपाल संवत् ११४५ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ