काठमाडौँ, १६ असोज । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले पछिल्लो बाडी पहिरोको कारण करिब ६ अर्बको अन्नबालीमा नोक्सानी पुगेको बताएका छन् ।
कृषि समितिको आज बसेको बैठकमा उनले पीडित किसानलाई कसरी राहत दिने भन्ने विषयमा छलफल भइरहेको जानकारी दिए । यसमा सहयोग गर्न दातृसंस्थासँग अनुरोध गरिएको उनले जानकारी दिए ।
बाढीले कृषकलाई ठुलो क्षति पुर्याएको उनले बताए । ‘नोक्सानी भएका किसानहरू पीडाले रोइरहनुभएको छ । दसैँ कसरी मनाउने, हामीले के प्राप्त गर्छौँ भन्दै सरकारलाई प्रश्न गरिरहनुभएको छ’ उनले भने ।





