इजरायलले गाजामा गरेको आक्रमणमा ९ जनाको मृत्यु

एजेन्सी, १६ असोज । इजरायलले गाजामा गरेको ताजा आक्रमणमा परेर ९ जनाको मृत्यु भएको छ ।

अरु २० जना घाइते भएका छन् । इजरायली वायुसेनाले गाजामा हमासको कमाण्ड र कन्ट्रोल कम्प्लेक्समा आक्रमण गरेको थियो भन्दै इजरायली सेनाले माइक्रोब्लगिङ वेबसाइट एक्सको एउटा पोष्टमा लेखेको छ । यो कम्प्लेक्सलाई विगतमा उच्च विद्यालयको रूपमा प्रयोग गरिन्थ्यो ।

हमासले इजरायलमाथि आक्रमण गर्न विगतमा अल–बुरेइज प्रिपरेटरी स्कूल रहेको सोही भवनलाई प्रयोग गर्ने गरेको पोष्टमा भनिएको छ । आक्रमणमा सर्वसाधारणलाई कुनै क्षति नहोस् भन्ने सुनिश्चित गर्न कदम चालिएको इजरायली सेनाले बताएको छ । यसमा परिशुद्ध युद्ध सामाग्री, हवाई निगरानी र अतिरिक्त गुप्तचर जानकारीको प्रयोग समावेश भएको बताइएको छ ।

प्यालेस्टिनी समाचार एजेन्सी वाफाले पनि इजरायलले गाजाका विस्थापित मानिसहरू बस्दै आएका एउटा विद्यालयमा हवाई आक्रमण गरेको बताएको छ । सामाजिक सञ्जालको पोस्टमा इजरायली सेनाले उल्लेख गरेकै विद्यालय हो कि होइन भनेर चाँहि समाचारमा खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ असार । नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङले सरकारबाट पाउने तीन महिनाको तलब सुविधा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

काठमाडौँ, २५ असार । सत्तारुढ दल नेकपा एमाले सांसद सुनिता बरालले रास्वपा सांसद सोबिता गौतमलाई चुनौती दिँदै आफूहरू भाषा र परिभाषाको

काठमाडौँ, २५ असार । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले कृषि प्रणाली र खाद्य सुरक्षामा

काठमाडौँ, २५ असार । सत्तारुढ तथा प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले असहमति जनाएपछि ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन