अलपत्र यात्रुलाई तत्काल गन्तव्यमा पुर्‍याउन राज्यव्यवस्था समितिको निर्देशन

काठमाडौँ, १५ असोज । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले हालै गएको बाढीपहिरो र डुबानबाट प्रभावित परिवारलाई राहत र पुनर्स्थापनाको काम तदारुकताका साथ अघि बढाउन सरकारलाई निर्देशन दिएको छ । 

आजको बसेको समिति बैठकले गृहमन्त्री रमेश लेखकसँग छलफल गरेपछि बाढीपहिरो र डुबानका कारण मुलुकमा भएको क्षतिको विश्लेषण गर्दै यस्तो निर्देशन दिएको हो । 

‘हवाइ भाडा नबढाउन, अवरुद्ध सडक मर्मत सम्भार गरेर यातायात सञ्चालन गर्न, सडक पहुँच नपुगेका जिल्लाहरुमा हवाई यातायातको व्यवस्था गर्न, खाद्यान्न तरकारी र फलफूल आदिको मूल्य बढ्न नदिन र पीडितलाई छिटोभन्दा छिटो राहत दिन नेपाल सरकारको ध्यानाकर्षण गराउँछौँ’, बैठकपछि समिति सभापति रामहरि खतिवडाले बताए । 

त्यस्तै गृहमन्त्री लेखकले असोज ११ र १२ गतेको अविरल वर्षाका कारण व्यापक धनजनकाे क्षति हुनुपूर्व सचेत रहन भन्दै ५५ हजार जनालाई भाइबरमार्फत सन्देश पठाएको बताएका छन् । समितिको बैठकमा बोल्दै उनले मौसम विभागले गरेको पूर्वानुमान अनुसार विपद् प्रतिकार्य स्वरूप हिमाली क्षेत्रमा पदयात्रामा रोक लगाएको, राजमार्गमा रात्रि बस चलाउन रोक लगायतका निर्णय गरेर सम्बन्धित निकायलाई निर्देशन दिएको बताए । 

साथै स्थानीय तहका जनप्रतिनिधिलाई विपद् हुँदैछ भनेर सतर्कता सन्देश पठाउने काम गरेको, मातहतका निकायलाई सतर्क गराएको उल्लेख गरे । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० असोज । बाढीपहिरामा परी हालसम्म देशभर २४४ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् । अन्य

काठमाडौँ, २० असोज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आइतबारदेखि खसीबोका र च्याङ्ग्राको बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकेजी

काठमाडौँ, २० असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ ।  गोलभेडा

काठमाडौँ, २० असोज । नवरात्रको चौथो दिन दसैँघर वा पूजा कोठामा  कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन