श्रीलंकाको निर्यातमा ४.६७ प्रतिशतले वृद्धि

एजेन्सी, १५ असोज । सन् २०२४ अगस्टमा श्रीलंकाको कुल निर्यात एक अर्ब ४० करोड अमेरिकी डलर पुगेको छ ।

गत वर्षको सोही अवधिको तुलनामा यो ४.६७ प्रतिशतले वृद्धि भएको निर्यात विकास समितिले जनाएको छ ।

श्रीलंका भन्सारको तथ्यांक उद्धृत गर्दै समितिले अगस्ट २०२४ मा व्यापारिक निर्यात प्रदर्शन एक अर्ब १० करोड अमेरिकी डलर रहेको जनाएको छ । यो सन् २०२३ को सोही अवधिको तुलनामा ४.१८ प्रतिशतले वृद्धि भएको उल्लेख गरेको छ ।

मुख्यतया कपडा, चिया, रबर, नरिवल आधारित उत्पादन र मसलाजन्य सामानको पैठारीले निर्यातमा वृद्धि भएको तथ्यांकमा जनाइएको छ । दुई वर्षको अन्तरालपछि, निर्यातले अगस्टमा ५० करोड अमेरिकी डलरको सीमा पार गरेको हो ।

अगस्ट सम्मका लागि सेवा निर्यातको अनुमानित मूल्य ३१ करोड ८० लाख ७७ हजार अमेरिकी डलर तय गरिएको थियो । यो सन् २०२३ को समान अवधिको तुलनामा ६.४९ प्रतिशतले बढी हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आर्थिक वर्ष ०८२/०८३ को बजेटले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउने विश्वास

काठमाडौँ, १५ वैशाख । तयारी सकिएको तथा मनपरी योजना राखिएको भन्दै राष्ट्रिय योजना आयोगले आयोजना बैंक खाली गरेर पुनः प्रविष्टि

काठमाडौँ, १५ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेश सामाजिक विकास मन्त्रालय प्रदेश जनस्वास्थ्य प्रयोगशालाको स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार

काठमाडौँ, १४ वैशाख । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बेडरुमसम्म बिचौलियाको पहुँच छ भनेर आरोप