उद्धार, राहत र स्वास्थ्योपचारमा जुट्न मानव अधिकार आयोगको आग्रह

काठमाडौँ, १५ असोज । राष्ट्रिय मानव अधिकार आयोगले अविरल वर्षाका कारण प्रभावितको उद्धार, राहत, बसोबास र स्वास्थ्योपचारमा जुट्न सरोकार भएका सबैलाई आग्रह गरेको छ । 

प्राकृतिक विपत्तिबाट हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न, प्राकृतिक विपद्को रोकथाममा पूर्वतयारी अपनाउन, विपद्पश्चात् तत्काल उद्धार, राहतको प्रभावकारी व्यवस्था मिलाउन आयोगले सरोकार भएकालाई आग्रह गरेको हो । उद्धार गरी अस्थायी रुपमा प्रभावितलाई राखिएका ठाउँमा फोहर र महामारी फैलिनसक्ने भन्दै स्थानीयले हटाउन माग गरेका, ती स्थानमा शौचालय, पानी, बिजुली बत्ती, सञ्चार सुविधा तथा फोहरमैला व्यवस्थापनमा समस्या देखिएको आयोगले जनाएको छ । 

‘बेपत्ता भइरहेकाको खोजीकार्यलाई निरन्तरता दिन, घाइतेको सबै प्रकारका स्वास्थ्योपचारको निःशुल्क व्यवस्था मिलाउन तथा बसोबासको व्यवस्था गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ’, आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले सोमबार जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘प्रकृतिक विपद्पछि खाद्यान्नसहित उपभोग्य सामग्रीमा हुनसक्ने कृत्रिम अभाव, अस्वाभाविक मूल्यवृद्धि र सङ्क्रामक रोग फैलिनसक्ने अवस्थाप्रति सचेत रहन एवं यस विपद्को अवस्थामा संवेदनशील भई उच्चतम् मानवीय भावनाका साथ उद्धार, राहत तथा पुनःस्थापनाका लागि जुट्न आयोग सम्बद्ध सबै पक्षलाई आग्रह गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ असार । पोखरा विश्वविद्यालयको २५ औँ साधारणसभाको बैठकले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब ५४ करोडको बजेटसहित

काठमाडौँ, २५ असार । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बुधबार ऱ्याली सहित कोणसभा कार्यक्रम गरेका

काठमाडौँ, २५ असार । सरकारले ८ प्रकार (रोग)का विरामीलाई स्वास्थ्य विमा मार्फत दुई लाखको स्वास्थ्य उपचार गर्ने व्यवस्था गरेको छ

काठमाडौँ, २५ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।