घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ, १४ असोज । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

आज राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोल, डिजेल/मट्टीतेल र हवाई इन्धनको मूल्य घटाएको हो ।

निगमका अनुसार, पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ, डिजेल र मट्टीतेलमा दुई रुपैयाँ घटाइएको छ । यस्तै, हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटिर ६ रुपैयाँ र बाह्यतर्फ प्रति किलो लिटर ४५ रुपैयाँ घटाइएको छ ।

मूल्य घटेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १५५.५० रुपैयाँ र डिजेलको मूल्य १४४.५० रुपैयाँ कायम भएको छ ।

दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १५७ र डिजेलको मूल्य १४६ रुपैयाँ कायम भएको छ । तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १५८ र डिजेलको मूल्य १४७ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० असोज । नेपाल र भियतनामबिच व्यापार एवं लगानी प्रवर्द्धनका लागि दुई देशका निजी क्षेत्रले समझदारी गरेका छन् । नेपाल चेम्बरको

काठमाडौँ, २० असोज । बाढीपहिरामा परी हालसम्म देशभर २४४ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् । अन्य

काठमाडौँ, २० असोज । पश्चिम नवलपरासीको सुनवल नगरपालिका-७ ज्यामिरेमा माइक्रोबसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार पछाडि

काठमाडौँ, २० असोज । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ ।