माओवादी केन्द्रद्वारा राहतकोष स्थापना, सांसदहरूले दश दिनको पारिश्रमिक दिने

काठमाडौँ, १४ असोज । नेकपा माओवादी केन्द्रले बाढी पहिरो पीडितका लागि केन्द्रीय राहत कोष स्थापना गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को नाममा रहेको ग्लोबल आइएमई बैंक कोटेश्वर शाखामा रहेको ३६०१०१०००००४५ नम्बरको खातामा रकम जम्मा गर्न सकिने गरी केन्द्रीय राहत कोष स्थापना गरिएको हो । 

आइतबार बसेको कार्यालय (पदाधिकारी)बैठकको निर्णयअनुसार राहतकोष स्थापना गरेर माओवादी केन्द्रले मातहतका कमिटीहरूलाई राहत जम्मा गर्न परिपत्र पनि गरिसकेको छ । सो केन्द्रीय राहतकोषमा संघीय संसद्का सदस्य र प्रदेशसभा सदस्यहरूले दश दिनको पारिश्रमिक जम्मा गर्ने छन् भने स्थानीय तहका जनप्रतिनिधिहरूलाई स्वैच्छिक सहयोग गर्न माओवादी केन्द्रले परिपत्र गरेको छ ।

त्यस्तै पार्टीका प्रदेश समितिहरूले पनि राहत रकम संकलन गरी केन्द्रीय राहतकोषमा रकम जम्मा गर्ने व्यवस्था मिलाइएको माओवादी केन्द्रको केन्द्रीय कार्यालयले जनाएको छ । पदाधिकारी बैठकको निर्णयअनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीको विपद् व्यवस्थापन विभागले हेल्प डेस्क स्थापना गरेर दैनिक विपद्को स्थिति अद्यावधिक गर्ने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ जेठ । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १० हजार

काठमाडौँ, २७ जेठ ।औद्योगिक क्षेत्रमा वर्षौंदेखि जरा गाडेर बसेको बेथिति र राजनीतिक ‘सेटिङ’ विरुद्ध उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी

काठमाडौँ, २७ जेठ ।अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आफू विरुद्ध संगठित रुपमा अफवाह फैलाइएको बताउनु भएको छ । बुधबार प्रतिनिधि सभाको अर्थ

काठमाडौँ, २७ जेठ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।