नेपाल ओमानविरुद्ध ३७ रनले विजयी

काठमाडौँ, १४ असोज । आईसीसी क्रिकेट विश्वकप लिग–२ र ट्वान्टी–२० क्रिकेट शृंखलाका निम्ति क्यानडा पुगेको नेपाली टिमले पहिलो जित निकालेको छ ।

नेपालले आइतबार ट्वान्टी–२० शृंखलाअन्तर्गत ओमानविरुद्ध ३७ रनको जित दर्ता गराएको हो । क्यानडाको किंग सिटी मैदानमा भएको खेलमा नेपालले प्रस्तुत गरेको १७७ रनको लक्ष्य पछ्याउने क्रममा ओमानले १९.१ ओभरमा सबै विकेट गुमाएर १३९ रनमात्र बनाउन सक्यो ।

ओमानका सोएब खानले ४५ रन बनाए पनि टिमको हार टार्न सकेनन् । रफिउल्लाहले ३३, फयाज बटले १७ र प्रतीक अथावालेले १५ रन थपे । ओमानका ओपनर कश्यप प्रजापति ‘गोल्डेन डक’ भएका थिए । नेपालका करण केसीले तीन विकेट लिए । कुशल भुर्तेल र गुल्सन झाले समान दुई विकेट लिँदा रिजन ढकाल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले समान एक विकेट हात पारे ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७६ रनको योगफल खडा गरेको थियो । नेपालका गुल्सन झाले आक्रामक ब्याटिङ गर्दै ४० रन बनाए । उनले १७ बलमा समान तीन चौका र छक्का प्रहार गरेका हुन् । यस्तै, दीपेन्द्रसिंह ऐरीले पाँच बलमा एक चौका र दुई छक्कासहित १८ रन जोडे ।

कुशल मल्लले ३० रन थप्दा ओपनरद्वय अनिल साह र आसिफ सेखले समान २७ रन बनाए । ओमानविरुद्ध छैटौँ नम्बरमा ब्याटिङका लागि आएका कुलश भुर्तेलले २० रन जोडे । ओमानका अकिब इल्यासले तीन विकेट लिए । साकिल अहमेद, फयाज बट र जिसान मक्सुदले एक–एक विकेट लिए ।

ट्वान्टी–२० शृंखलामा नेपालको यो पहिलो जित हो । नेपाल यसअघि पहिलो खेलमा घरेलु टोली श्रीलंकासँग १४ रनले पराजित भएको थियो । ट्वान्टी–२० अघि नेपालले लिग–२ को एकदिवसीय शृंखलाका चारमध्ये तीन खेलमा हार व्यहोरेको थियो । शृंखलाको अन्तिम खेल वर्षाका कारण रद्द हुँदा नेपालले एक अंक पाएको थियो । ट्वान्टी–२० शृंखलामा पनि नेपाल, क्यानडा र ओमान सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । नेपालका लागि पाँच देशका नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बुधबार

काठमाडौँ, १४ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना

काठमाडौँ, १४ असोज । नेपालमा सञ्चालित छाला प्रशोधन (ट्यानिङ) उद्योगहरूका लागि एकीकृत वातावरणीय मापदण्ड तोक्न र मानव बस्तीबाट न्यूनतम दूरी निर्धारण

काठमाडौँ, १४ असोज । सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारी र उत्पादनसँग जोड्दै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्