दुई दिनमा बाढीसम्बन्धी ४१ लाख मोबाइल ‘एसएमएस’

काठमाडौँ, १४ असोज । जल तथा मौसम विज्ञान विभागले गत शुक्रबार र शनिबार गरी दुई दिनमा ४१ लाख सेवाग्राहीलाई मोबाइल एसएमएस पठाएको जानकारी दिएको छ । 

बाढीसम्बन्धी जानकारी दिन र बाढीबाट सुरक्षित रहन सन्देश प्रवाह गर्दै नेपाल टेलिकम र एनसेलबाट उक्त एसएमएस पठाइएको हो । 

विभागका अनुसार एनसेलबाट करिब २१ लाख ७२ हजार र नेपाल टेलिकमबाट १९ लाख २१ हजार मोबाइल एसएमएस सर्वसाधारणलाई पठाइएको जानकारी दिइ । 

हाल विभागले मनसुनजन्य विपत्तिबाट जोगाउन वार्षिक ९० लाख एसएमएस सर्वसाधारणलाई पठाउने गरेको जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. जगदीश्वर कर्माचार्यले बताए ।  प्रत्येक दिन बिहान ६ बजे र बेलुकी ६ बजे मौसमी बुलेटिन प्रकाशन गरेकोले तीन दिनसम्मको मौसमसम्बन्धी जानकारी दिन सहयोग गरेको विभागले जनाएको छ । 

बाढी र वर्षासम्बन्धी जानकारीका लागि टोल फ्री नम्बर ११५५ र उद्धारका लागि मद्दत माग्न ११४९ को व्यवस्था गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । नेपाल राष्ट्र बैंकले आज ३० अर्ब रुपैयाँ निक्षेप खिच्दै छ । बैंकिङ प्रणालीमा अधिक तरलता कायमै रहेपछि

काठमाडौँ, १२ असोज । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ५ हजार रुपैयाँले

काठमाडौँ, १२ असोज । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुग्नुभएका अर्थमन्त्री

काठमाडौँ, १२ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ