हेलेन आँधीका कारण अमेरिकामा कम्तीमा ४५ जनाको मृत्यु

एजेन्सी, १३ असोज । अमेरिकामा हेलेन नामको शक्तिशाली आँधीका कारण कम्तीमा ४५ जनाको ज्यान गएको छ ।

आँधीका कारण लाखौं घरपरिवार बिद्युतविहिन भएका बीबीसीले जनाएको छ । दुई सय २५ किलोमिटर प्रतिघण्टाको गतिमा फ्लोरिडाको तटमा बज्रिएको आँधीले मुसल्धारे बर्षा गराएको छ ।

फ्लोरिडाको तटमा आइपुगेको यो आँधी अहिलेसम्मकै सबैभन्दा शक्तिशाली आँधी रहेको अमेरिकी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । आँधी फ्लोरिडाबाट उत्तरतर्फ जर्जिया र क्यारोलिनातर्फ सरेको छ ।

आँधीका कारण अर्बौँ डलरको नोक्सानी भएको बीमा कम्पनी तथा वित्तीय संस्थाले बताएका छन् । आँधीपछि आएको बाढीमा फसेका मानिसलाई उद्धार गर्न डुङ्गा, हेलिकप्टर लगायत प्रयोग भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ असार । पोखरा विश्वविद्यालयको २५ औँ साधारणसभाको बैठकले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब ५४ करोडको बजेटसहित

काठमाडौँ, २५ असार । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बुधबार ऱ्याली सहित कोणसभा कार्यक्रम गरेका

काठमाडौँ, २५ असार । सरकारले ८ प्रकार (रोग)का विरामीलाई स्वास्थ्य विमा मार्फत दुई लाखको स्वास्थ्य उपचार गर्ने व्यवस्था गरेको छ

काठमाडौँ, २५ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।