फिल्म ‘सानो संसार’को प्रदर्शन स्थगित

काठमाडौँ, १३ असोज । फिल्म ‘सानो संसार’का निर्माताले आइतबारदेखि प्रदर्शन स्थगित गर्ने निर्णय गरेका छन् ।

बाढीपहिरो र प्राकृतिक विपत्तिले मानिसलाई आवतजावत गर्न समेत कठिन भएकाले यस्तो निर्णय गरिएको निर्माताद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

निर्माता अर्जुन कुमार र माधव वाग्लेले विज्ञप्तिमार्फत जनधनको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै केही समयको लागि प्रदर्शन रोक्ने निर्णय गरिएको उल्लेख गरेका छन् ।

सहज वातावरण भएपछि फिल्मको पुनः प्रदर्शन गरिने जनाइएको छ । ‘सम्भवतः कात्तिक वा मंसिरका लागि नयाँ प्रदर्शन मिति घोषणा गर्नेछौं’ निर्माता कुमारले भने, ‘प्रदर्शन सार्ने निर्णयबाट दर्शकलाई परेको असुविधाप्रति क्षमाप्राथि छौं ।’

निर्माताको निर्णय लगत्तै क्यूएफएक्स, आइएनआई लगायतका ठूला मल्टिप्लेक्स चेनले आइतबारको लागि शोज क्यान्सिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० असोज । नेपाल र भियतनामबिच व्यापार एवं लगानी प्रवर्द्धनका लागि दुई देशका निजी क्षेत्रले समझदारी गरेका छन् । नेपाल चेम्बरको

काठमाडौँ, २० असोज । बाढीपहिरामा परी हालसम्म देशभर २४४ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् । अन्य

काठमाडौँ, २० असोज । पश्चिम नवलपरासीको सुनवल नगरपालिका-७ ज्यामिरेमा माइक्रोबसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार पछाडि

काठमाडौँ, २० असोज । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ ।