बाढीपहिरोबाट भएको धनजनको क्षतिप्रति राष्ट्रपतिको चिन्ता 

काठमाडौँ, १२ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले लगातार परेको भीषण वर्षाका कारण भएको जनधनको क्षतिबारे चासो र चिन्ता व्यक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले गृहमन्त्री रमेश लेखकलाई टेलिफोन गरी भीषण वर्षाका कारण भएको जनधनको क्षतिबारे जानकारी लिएका हुन् ।

उनले देशका विभिन्न स्थानमा बढी पहिरोका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दे उद्धार तथा राहत कार्यमा तत्काल जुट्न मातहतका निकायलाई प्रभावकारी काम गर्न निर्देशन पनि दिएको सचिवालयले जनाएको छ । साथै राष्ट्रपति पोडेलले विपदको यस क्षणमा सहयोगका लागि सम्पूर्णमा अपिल पनि गरेका छन् ।
 


प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असार । काठमाडौँ महानगरपालिका-४ धुम्बाराहीबाट स्रोत नखुलेको नगद ११ लाख रूपैयाँ नगदसहित एक जना पक्राउ परेका छन् । पक्राउ

काठमाडौँ, ८ असार । देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परि नौ जनाको मृत्यु भएको छ । काठमाडौँ, सिन्धुली,

कैलाली, ८ असार । धनगढीमा एकै दिन ११ युवा लागुऔषधसहित पक्राउ परेका छन् । प्रहरीले धनगढी उपमहानगरपालिकाका छुट्टाछुट्टै स्थानबाट एकै

सुनसरी, ८ असार । प्रहरीले सुनसरीस्थित कोशी नदीको किनारबाट १६८ केजी गाँजा बरामद गरेको छ । बराहक्षेत्र नगरपालिका–१ सत्र नम्बर