जेबिएनएल सेक्यूरिटिजको साधारण सभा सम्पन्न, ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै

काठमाडौँ, ११ असोज । ग्लोबल आइएमई बैक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा रहेको धितोपत्र सम्बन्धि कारोबार गर्ने कम्पनि जेबिएनएल सेक्यूरिटिज लि.को प्रथम वार्षिक साधारण सभा  शुक्रबार सम्पन्न भएको छ ।

उक्त सभाको अध्यक्षता कम्पनीका अध्यक्ष टेकनाथ पोखरेलले गर्नुभएको थियो । सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन, संचालक तथा लेखापरीक्षकको नियुक्ति/पारिश्रमिक र वार्षिक वित्तीय विवरणहरु सर्वसम्मतिले पारित गरेको छ ।

साथै कम्पनीकोे नाम जेबिएनएल सेक्यूरिटिज लिमिटेडबाट मुख्य कम्पनीको नामसँग सामञ्जस्य हुनेगरी ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन गर्ने गरी कम्पनीको प्रबन्धपत्र र नियमावलीको सम्बन्धित प्रावधानमा संशोधन सर्वसम्मतिबाट स्वीकृत गरियो ।

सभामा कम्पनीको एकमात्र शेयरधनी ग्लोबल आईएमई बैंकबाट अधिकार प्राप्त प्रतिनिधि बिश्व सुवेदी, कम्पनी रजिष्ट्रारका प्रतिनिधि, कम्पनिका संचालकहरु, प्रबन्ध निर्देशक, सेवाग्राही, कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ असार । पोखरा विश्वविद्यालयको २५ औँ साधारणसभाको बैठकले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब ५४ करोडको बजेटसहित

काठमाडौँ, २५ असार । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बुधबार ऱ्याली सहित कोणसभा कार्यक्रम गरेका

काठमाडौँ, २५ असार । सरकारले ८ प्रकार (रोग)का विरामीलाई स्वास्थ्य विमा मार्फत दुई लाखको स्वास्थ्य उपचार गर्ने व्यवस्था गरेको छ

काठमाडौँ, २५ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।