नेपाल र ओमानको खेल वर्षाका कारण रद्द

काठमाडौँ, ९ असोज । विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल र ओमानबीचको खेल वर्षाका कारण रद्द भएको छ ।

क्यानडाको किंग्स सिटी क्रिकेट मैदानमा नेपाली समयअनुसार गएराति पौने ९ बजे शुरु हुनुपर्ने खेल वर्षाका कारण हुन सकेन । खेल रद्द भएपछि दुवै टोलीले १–१ अङ्क बाडेका छन् ।

त्रिदेशीय श्रृङ्खलामा लगातारको हारका कारण दबाबमा रहेको नेपालले यो श्रृङ्खलाको आफ्नो अन्तिम खेल ओमानसँग खेल्न पाएन । पहिलो खेलमा क्यानडासँग १ सय ३ रनले हारेको नेपाल दोस्रो खेलमा ओमानसँग १ विकेटले र तेस्रो खेलमा क्यानडासँग ५ विकेटले पराजित भएको थियो ।

८ वटा टोली सहभागि लिग–२ को अङ्क तालिकामा नेपाल ८ खेलमा ३ अङ्कका साथ पुछारबाट दोस्रो स्थानमा यथावत् छ । ओमान ७ खेलमा ६ अङ्कका साथ छैटौँ स्थानमा छ । क्यानडा ११ खेलमा १४ अङ्कका साथ शीर्ष स्थानमा छ ।

एकदिवसीय श्रृङ्खलापछि यही असोज १२ देखि १७ गतेसम्म नेपाल, ओमान र क्यानडाबीच टी–२० श्रृङ्खला पनि हुँदैछ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

काठमाडौँ, १३ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दुई मुख्य कार्यभार र १५ कामलाई कार्यान्वनका लागि सबै नेता

काठमाडौँ, १३ असोज । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालित शैक्षिक कार्यक्रमबारे सार्वजनिक बहस–तथ्य, कानुन र प्रमाणमा आधारित हुनुपर्ने इन्टरनेशनल एजुकेशन

काठमाडौँ, १३ असोज । धितोपत्र बजार परिसूचक नेप्सेमा मंगलबार पनि गिरावट आएको छ । सोमबार १६ अंकले घटेको नेप्से आज पुनः