‘सडक टल्काउने : समृद्धि झल्काउने’ अभियानमा नेप्सेम्याक

भक्तपुर, ५ असोज । सुन्दर, सफा र मनोरम सहर निर्माणको महत्वपूर्ण जिम्मेवारी संहालिरहेको नेप्सेम्पाक सेवा प्रालिले भक्तपुरका सडकलाई टल्काउने : विकास र समृद्धिलाई झल्काउने अभियान सञ्चालन गरिरहेको छ ।

आज नेप्सेम्याकको कर्मचारीहरुले काठमाडौँ उपत्यकाका विभिन्न दर्जनौं ठाउँहरुमा सफाई अभियान चलाएका छन् । ‘स्वच्छ जीवन ः सुन्दर भविष्यको आधार’ भन्ने मान्यतालाई आत्मसात् गर्दै नेप्सेम्याकले सामाजिक कार्यलाई विगतदेखी नै निरन्तरता दिइरहेको छ । यसैको फलस्वरुप आज भक्तपुरको राधेराधेदेखी थिमी चोकसम्म अरनिको राजमार्गमा सरसफाई गरेको हो । जसमा मध्यपुर थिमी नगरपालिकासँगको सम्झौता अनुसार नेप्सेम्याकले उक्त स्थानको हरियालीको संरक्षण तथा प्रवद्र्धनको भूमिका निर्वाह गरेको शाखा प्रवन्धक बाबुराम चौलागाईले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नगरपालिकासँग हाम्रो संस्थाले गरेको सम्झौता अनुसार राधेराधेदेखी थिमी चोकसम्मको अरनिका राजमार्गको हरियाली निर्माण, संरक्षण तथा प्रवद्र्धनको जिम्मेवारी हाम्रो भएकाले सोही अनुसारको जिम्मेवारी हाम्रो कर्मचारीले स्वतस्फुर्त रुपमा पुरा गरेका हौं । आगामी दिनमा समेत निरन्तर गरिरहनेछौं । भक्तपुरका सडकहरु हरियाली तथा फाहोरमुक्त बनाउने हरसम्भव सहयोग गर्नेछौं । स्थानीय सरकारको सारथीको रुपमा काम गर्नेछौं ।’

त्यस्तै थिमी चोकदेखी जुडिबुटीसम्म भने नेपाल फुलबारीले सडक संसक्षण तथा सम्वद्र्धनको जिम्मेवारी लिएको छ । नेप्सेम्याकले आज नै सूर्यविनायक नगरपालिका वडा नं. ५ स्थिती एकता बस्तीका सडक तथा मन्दिरमा सरसफाई गरेको छ । त्यस्तै ७ नं. वडा छेडोमा विकास संरक्षण तथा प्रवद्र्धन अभियानको आयोजना तथा नेप्सेम्याकको सहकार्यमा वृहत सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ । त्यस्तै काठमाडौँ उपत्यकाका विभिन्न दर्जनौं स्थानहरुमा बृहत सरसफाई गरिएको नेप्सेम्याकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पोखरा, ८ कार्तिक । पोखरा महानगरपालिका–२९, आदर्शचोकमा मोटरसाइकलले ठक्कर दिँदा ६१ वर्षीय रमाकान्त शर्माको मृत्यु भएको छ । शनिबार साँझ

काठमाडौँ, ८ कार्तिक । नेपालीले भव्य रूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा

काठमाडौँ, ८ कार्तिक । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका हिमाली

काठमाडाैँ, ७ कार्तिक । रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । माधव नारायण नगरपालिका–६ माधोपुरस्थित सडकमा मानपुरबाट माधोपुरतर्फ