एशियन कप छनोटमा कम्बोडियाले नेपाललाई ४–१ गोलले हरायो

काठमाडौँ, ५ असोज । एएफसी २० वर्षमूनीको एशियन कप छनोटमा कम्बोडियासँग नेपाल पराजित भएको छ ।

ताइपेइ सीटीमा भएको खेलमा कम्बोडियाले नेपाललाई ४–१ गोलले हराएको हो । नेपालले खेलको तेस्रो र चौथो मिनेटमै गोल खाएको थियो ।

पहिलो हाफको अतिरिक्त समयमा समिर तामाङले गोल गरेर खेललाई २–१ को अवस्थामा ल्याएका थिए । तर ६६ र ८३ औँ मिनेटमा गोल गरेर कम्बोडियाले खेल ४–१  ले जित्यो । अब नेपालले चाइनिज ताइपेईसँग पर्सि सेप्टेम्बर २३ मा, उज्वेकिस्तानसँग सेप्टेम्बर २५ र बहराइनसँग सेप्टेम्बर २७ मा खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २२ कार्तिक । अमेरिकामा हवाई उडान रद्द वा ढिलाइ भएका छन् । न्यूयोर्क, लस एन्जलस, शिकागो, वाशिंगटन डीसीलगायत ४० विमानस्थलमा

एजेन्सी, २१ कार्तिक । उत्तर कोरियाले शुक्रबार आफ्नो पूर्वी समुद्री क्षेत्रमा कम्तीमा एउटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाको सेनाले

एजेन्सी, २१ कार्तिक । ४३ वर्षदेखि क्यामरूनको सत्ता सम्हाल्दै आएका पल बियाले बिहीबार पुनः राष्ट्रपति पदको शपथ लिएका छन् । यो

एजेन्सी, २१ कार्तिक । जापानले बुधबार भालु नियन्त्रणमा लिन देशका विभिन्न क्षेत्रमा सेल्फ–डिफेन्स फोर्सेस (एसडीफ) अर्थात् सेना  परिचालन गरेको छ