इजरायली आक्रमणमा हिजबुल्लाहका शीर्ष कमान्डरको मृत्यु

बेरुत (लेबनान), ५ असोज । लेबनानको बेरुत गढमा शुक्रबार गरिएको आक्रमणमा १४ जनाको मृत्यु भएको छ । दर्जनौँ घाइते भएका छन् । आक्रमणमा हिजबुल्लाहको एलिट युनिटका कमान्डरको समेत मृत्यु भएको इजरायलले जनाएको छ ।

सन् १९८३ मा बेरुतस्थित अमेरिकी दूतावासमा भएको विस्फोटमा संलग्न आरोपमा अमेरिकाले खोजिरहेका इब्राहिम अकीलले इरान समर्थित उग्रवादी समूहको नेतृत्व गरिरहेका थिए । हिज्बुल्लाहले शुक्रबार राति अकील इजरायली आक्रमणबाट मारिएको पुष्टि गर्दै एक महान् नेताका रूपमा प्रशंसा गरेको छ ।

एएफपीटीभी फुटेजले उद्धारकर्मी आक्रमणको केही समयपछि विभिन्न उपकरणका साथ खोजीकार्यमा तल्लीन रहेका देखाएको छ । गाजामा युद्ध सुरु भएदेखि हिज्बुल्लाहका वरिष्ठ कमान्डरको हत्या भएको यो दोस्रो घटना हो । गएको जुलाईमा गरिएको आक्रमणमा शीर्ष अपरेसन प्रमुख फुआद शुक्रको ज्यान गएको थियो ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफन डुजारिकले यो घटनालगायत बढ्दो तनावका बारेमा चिन्ता व्यक्त गरेका छन् । सम्बन्धित सबै पक्षलाई अधिकतम संयमता अपनाउन उनले आह्वान गरेका छन् । इजरायली सेनाले अकीललाई लक्षित गरी आक्रमण गरेको जनाएको छ । उक्त आक्रमणमा अरू १० वरिष्ठ कमान्डरको समेत मृत्यु भएको छ ।

हिज्बुल्लाहको नजिकको एक स्रोतका अनुसार, अकील त्यस बेला कमान्डरसँगको बैठकमा थिए । लेबनानको स्वास्थ्य मन्त्रालयले आक्रमणमा कम्तीमा १४ को मृत्यु र ६६ जना घाइते भएका जनाएको छ । दूतावासमा विस्फोटको नाइकेका रूपमा वर्णन गर्दै अमेरिकाले अकीलका बारेमा जानकारी दिनेलाई सात मिलियन डलर पुरस्कारको प्रस्ताव गरेको थियो । एएफपी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ बैशाख । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले मन्त्रीहरुलाई आइफोन दिन लागेको विषय भ्रामक भएको

काठमाडौँ, ६ बैशाख । गृहमन्त्री सुधन गुरुङले मधेश र लुम्बिनी प्रदेशका सांसदसँग सीमापार तस्करी नियन्त्रणका विषयमा छलफल गरेका छन् ।

काठमाडौँ, ६ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्दै छ । आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ५ बैशाख । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सबैको प्राथमिकता पार्टी एकतामा केन्द्रित हुनुपर्ने बताएका छन् । आज केसीले सामाजिक