नेपालका लागि दिगो विकासको बाटो अत्यावश्यक र अपरिहार्य भइसकेको छ : अर्थमन्त्री पौडेल

काठमाडौँ, ५ असोज । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालका लागि दिगो विकासको बाटो अत्यावश्यक र अपरिहार्य भइसकेको बताएका छन् ।

आज काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालले नीति, कार्यक्रम र पहलहरूमार्फत वातावरणीय र जलवायु चुनौतीहरूको सामना गर्न महत्त्वपूर्ण कदमहरू उठाएको जिकिर गरे । उनले सरकारले उठाएका कदमलाई अझ प्रभावकारी बनाएर अघि बढाउनुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।

उनले भने, ‘नेपालका लागि दिगो विकासको बाटो अत्यावश्यक र अपरिहार्य भइसकेको छ भन्ने सच्चाइलाई गहिरोसँग महसुस गर्नुपर्छ । म हाम्राअघि रहेका चुनौतीहरुप्रति पनि पूर्ण रूपमा सचेत छु । समाधान सम्भव छ भन्नेमा पनि आशावादी छु । नेपालले नीति, कार्यक्रम र पहलहरूमार्फत वातावरणीय र जलवायु चुनौतीहरूको सामना गर्न महत्त्वपूर्ण कदमहरू उठाएको छ । तिनलाई अझ  प्रभावकारी बनाएर अघि बढाउनुपर्ने आवश्यकता छ ।’ 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ कार्तिक । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी सभ्य, शिष्ट र सुसंस्कृत होस् भन्ने चाहेको बताएका छन् ।

काठमाडौँ, २२ कार्तिक । मधेसका मुख्यमन्त्री जितेन्द्र सोनलले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री सोनलले नेपालको संविधानको धारा

काठमाडौँ, २२ कार्तिक । नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको निधन भएको छ कांग्रेसका निवर्तमान सांसद देवप्रसाद तिमल्सिनाका अनुसार कार्तिक

काठमाडौँ, २१ कार्तिक । नेपाल उद्योग वाणिज्य महासंघले शनिबार काठमाडौंमा “राष्ट्रिय बृहत आर्थिक बहस २.०” कार्यक्रमको आयोजना गर्ने भएको छ ।