काठमाडौँ, ४ असोज । प्रतीक्षित दक्षिण भारतीय फिल्म ‘कंगुवा’को प्रदर्शन मिति सरेको छ ।
दशैंको फूलपातीमा आउने भनिएको सूर्या अभिनित फिल्म अब कात्तिक ३० (नोभेम्बर १५)मा रिलिज हुनेछ ।
फूलपातीमै आउन लागेको रजनीकान्त स्टारर अर्को साउथ फिल्म ‘भेट्टाइयान’का कारण ‘कंगुवा’लाई पछि सारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । निर्माताले बिहीबार ‘कंगुवा’को नयाँ मिति सार्वजनिक गरेका हुन् ।
सूर्या र बबी देओलको मोसन पिक्चर सेयर गर्दै निर्माताले लेखेका छन्, ‘द ब्याटल अफ प्राइड एण्ड ग्लोरी । कंगुवाको पराक्रमी शासनले नोभेम्बर १० देखि पर्दामा आँधी सिर्जना गर्नेछ ।’