काठमाडौँ, ३ असोज । काठमाडौँका ९ र उपत्यकाबाहिरका ३० हलमा रिलिज भएको ‘शाम्बाला’ले ६ दिनमा उत्कृष्ट कमाइ गरेको छ ।
निर्माता तथा निर्देशक मीनबहादुर भामका अनुसार फिल्मले यस अवधिमा १ करोड १९ लाख रुपैयाँ ग्रस कमाएको छ ।
प्रदर्शनको सातौं दिन बिहीबार कलेक्सन डेढ करोड हाराहारीमा पुग्ने प्रक्षेपण छ । बिहीबार संविधान दिवसको सार्वजनिक बिदा भएकाले पनि शाम्बालाले बिदाको लाभ उठाउन सक्छ ।
भामकै अघिल्लो फिचर फिल्म ‘कालोपोथी’ले पहिलो साता २५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो । कालोपोथी सीमित हलमा रिलिज हुँदा शाम्बाला भने देशव्यापी प्रदर्शनमा आएको छ ।