फिफा वरीयतामा नेपालको स्थान खस्कियो 

काठमाडौँ, ३ असोज । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले निकाल्ने वरीयतामा नेपाल एक स्थान खस्किएको छ ।

फिफाले बिहीबार अद्यावधिक गरेको नयाँ वरीयताअनुसार नेपाल १७६औँ स्थानमा छ । यसअघि नेपाल वरीयताको १७५औँ स्थानमा थियो । 

फिफाको सेप्टेम्बर विन्डोमा नेपालले कुनै पनि अन्तर्राष्ट्रिय खेल खेल्ने अवसर पाएको थिएन । वरीयताको दक्षिण एसियाली क्षेत्रमा भने नेपाल तेस्रो स्थानमा छ । 

दक्षिण एसियाको शीर्ष स्थानमा रहेको भारत १२६औँ स्थानमा छ । भारत दुई स्थान घटुवामा परेको हो । यस्तै, दोस्रो स्थानमा रहेको माल्दिभ्स १६३औँ स्थानमा छ । चौथो स्थानको भुटान १८४औँ स्थानमा, पाँचौँ स्थानको बंगलादेश १८६औँ स्थानमा, छैटौँ स्थानको पाकिस्तान १९७औँ स्थानमा र सातौँ स्थानको श्रीलंका २००औँ स्थानमा छ । वरीयताको शीर्ष स्थानमा भने अर्जेन्टिना कायमै छ । दोस्रो स्थानमा फ्रान्स, तेस्रोमा स्पेन, चौथोमा इंग्ल्यान्ड र पाँचौँमा ब्राजिल छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । नेपालका लागि पाँच देशका नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बुधबार

काठमाडौँ, १४ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना

काठमाडौँ, १४ असोज । नेपालमा सञ्चालित छाला प्रशोधन (ट्यानिङ) उद्योगहरूका लागि एकीकृत वातावरणीय मापदण्ड तोक्न र मानव बस्तीबाट न्यूनतम दूरी निर्धारण

काठमाडौँ, १४ असोज । सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारी र उत्पादनसँग जोड्दै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्