माइतीघरको सडकमा सुते राजेन्द्र महतो

काठमाडौँ, ३ असोज । नदी किनारको खुला क्षेत्रको थप २० मिटर छाड्नुपर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध बिहीबार भएको प्रदर्शनमा पूर्वमन्त्री राजेन्द्र महतो पनि सहभागी भएका छन् ।

आज उपत्यकाका नदी किनारका बासिन्दाले गरेको प्रदर्शनमा उनी सहभागी भएका हुन् । उनीसँगै मुक्ति क्रान्तिको अभियानमा सहभागी नेता सुमन सायमी पनि सहभागी भएका छन् । उनीहरु माइतीघरको सडकमा सुतेर प्रदर्शन गरेका छन् ।

सर्वोच्च अदालतले हालै एक फैसलामा वाग्मती, विष्णुमती लगायत नदी किनारका हाल २० मिटर खुला क्षेत्र रहेकामा थप २० मिटर छाड्न आदेश दिएको थियो । उक्त आदेश अनुसार आफूहरुको घरबास गुम्ने भन्दै नदी किनारका बासिन्दा प्रदर्शनमा आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ कार्तिक । लमजुङमा जिपको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ । प्रहरीका अनुसार आज क्व्होलासोथार गाउँपालिका– ३ घलेगाउँबाट

काठमाडौँ, २१ कार्तिक । बजारमा तने बोडीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज

काठमाडौँ, २१ कार्तिक । डोल्पा जिल्लाबाट यस वर्ष २ करोड २० लाख रुपैयाँभन्दा बढीको स्याउ निर्यात भएको छ ।  राष्ट्रिय

काठमाडौँ, २१ कार्तिक । जागिरको प्रलोभन देखाएर अनलाइन ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा