उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रक्षेपण

एजेन्सी, ३ असोज । उत्तर कोरियाले छोटो दूरीका ब्यालेस्टिक मिसाइलहरू प्रक्षेपण गरेको छ । नेता किम जोङ उनको सरकारले यस वर्ष लगातार मिसाइल तथा हतियार परीक्षण प्रक्षेपण गरिरहेको छ ।

उत्तर कोरियाले युक्रेनविरुद्धको युद्धमा प्रयोग गर्नका लागि रुसलाई हतियारको अवैध आपूर्ति गर्ने त्यहाँका हतियार विशेषज्ञ अधिकारीहरूले अनुमान गरेका अन्तर्रााष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

विशेषज्ञहरूले उत्तर कोरियाको मिसाइल प्रक्षेपणले कोरिया प्रायद्वीपमा शान्ति र स्थिरतालाई गम्भीर रूपमा खतरामा पार्ने भएकाले यसको प्रतिकार गर्नुपर्ने बताउँदै आएका छन् ।

उत्तर कोरियाको प्योङयाङले रुससँग प्रतिबन्ध लगाउने हतियारको व्यापारलाई अस्वीकार गरेको छ । तर लामो समयदेखि रोकिएको कूटनीतिका कारण यस वर्ष दक्षिण कोरियालाई ‘प्रमुख शत्रु’ भनेर आणविक हतियारहरूलाई सीमावर्ती क्षेत्रमा स्थानान्तरण गरेको सोल सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ कार्तिक । लमजुङमा जिपको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ । प्रहरीका अनुसार आज क्व्होलासोथार गाउँपालिका– ३ घलेगाउँबाट

काठमाडौँ, २१ कार्तिक । बजारमा तने बोडीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज

काठमाडौँ, २१ कार्तिक । डोल्पा जिल्लाबाट यस वर्ष २ करोड २० लाख रुपैयाँभन्दा बढीको स्याउ निर्यात भएको छ ।  राष्ट्रिय

काठमाडौँ, २१ कार्तिक । जागिरको प्रलोभन देखाएर अनलाइन ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा