काठमाडौँ, २ असोज । अजय देवगण र दीपिका पादुकोण स्टारर ‘सिंघम ३’ तिहारको लक्ष्मीपूजामा आउने भएको छ ।
बलिउड वेब पोर्टल बलिउड हंगामा डटकमका सम्पादक तथा व्यापार विश्लेषक तरण आदर्शले दीपावलीमै फिल्म आउने उल्लेख गरेका छन् ।
मंगलबार मात्रै उक्त पोर्टलले ‘सिंघम ३’ पोस्टपोन्ड हुनसक्ने सम्भावनाबारे समाचार लेखेको थियो । ‘सिंघम ३’ सोही मितिमा आउने भएपछि बलिउड बक्स अफिसमा उसको भिडन्त ‘भुलभुलैया ३’ सँग हुनेछ । आदर्शले ‘सिंघम ३’ का निर्माताले यसबारे आधिकारिक धारणा सार्वजनिक गर्न लागेको उल्लेख गरेका छन् ।





