आज राष्ट्रिय शिक्षा दिवस, विभिन्न कार्यक्रम गरी मनाइदै

काठमाडौँ, २ असोज । आज राष्ट्रिय शिक्षा दिवस विविध कार्यक्रम गरी मनाइदैछ ।

‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिका : साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने नाराका साथ दिवसका सन्दर्भमा संघीय राजधानी काठमाडौंसहित देशभरि विभिन्न कार्यक्रमहरू हुँदैछन् ।

सरकारले संविधानको मौलिक हकको कार्यान्वयनका लागि ‘अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५’ प्रमाणीकरण भएको मितिलाई आधार मानेर गतवर्षदेखि असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवसकोरुपमा मनाउन थालेको हो । शिक्षा मन्त्रालयले बुधबार दिवसका सन्दर्भमा यसवर्षको नेपाल विद्याभूषण ‘क’, ‘ख’ र ‘ग’, नेपाल प्रविधि विद्याभूषण, नेपाल छात्रा विद्यापदक ‘क’ र ‘ख’ एवम् छात्रा पुरस्कार घोषणा गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । चितवनमा ट्याक्टर र जीप ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते छन् । प्रहरीका

काठमाडौँ, १९ असोज । सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले सिक्सर पेस्तोल बरामद गरेको छ ।

काठमाडौँ, १९ असोज । कालीमाटी तरकारी बजारमा भित्रिएको काँक्रोमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास

काठमाडौँ, १९ असोज । इन्टरनेट सेवा प्रदायकहरूले आजदेखि सस्तो र कम स्पीडका प्याकेज बन्द गरेको छ । इन्टरनेट सर्भिस प्रोभाइडर