डिजिटल साक्षरता विकास गर्नुपर्नेमा मन्त्री भट्टराईको जोड

काठमाडौँ, १ असोज । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले डिजिटल साक्षरता विकास गर्नुपर्नेमा जोड दिएकी छन् । 

आज विज्ञान दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले आजको विज्ञान प्रविधिको युगमा नेपालका समस्त वैज्ञानिकले आधुनिक प्रविधि र रैथाने प्रविधिलाई एकसाथ प्रवर्द्धन गरी राष्ट्रिय उत्पादन बढाउनुपर्नेमा जोड दिइन् । त्यसका लागि डिजिटल साक्षरता विकास गर्नुपर्ने बताएकी हुन् ।

उनले अनुसन्धानलाई उत्पादनसँग जोडेर दिगो पूर्वाधारको विकास गर्नुपर्ने बताइन् । त्यसका लागि विज्ञान प्रविधि तथा नवप्रवर्तनलाई समुदाय र समाजको अङ्ग बनाउन सके विज्ञान दिवस मनाउनुको सार्थकता हुने उनले बताइन् ।

विज्ञान तथा प्रविधिको अनुसन्धान तथा नवप्रवर्तनका लागि विशेष कोषको स्थापना गरी सञ्चालन गर्न देशको बजेटको दुई प्रतिशत रकम छुट्याउने नीति रहेको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २ असोज । उत्तरपश्चिमी पाकिस्तानमा सडक किनारमा राखिएको बम सुरक्षा बलको सवारी माथि विस्फोट हुँदा ६ जना सैनिकको मृत्यु

एजेन्सी, २ असोज । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सत्तामा रहेसम्म होर्मुज नाका नखोल्ने चेतावनी दिएको

एजेन्सी, २ असोज । रूसको तीन दिने निर्वाचनको सुरुवातका रूपमा सुदूर पूर्वी क्षेत्रमा हुने संसदीय निर्वाचनका लागि मतदान शुक्रबार बिहानै

एजेन्सी, १ असोज । बालबालिकालाई सामाजिक सञ्जालको लत, हानिकारक सामग्री र एआईबाट सिर्जित जोखिमबाट जोगाउन युरोपेली संघ (ईयू) ले डिजिटल प्लेटफर्ममाथि