रास्वपा सकिएको होइन, रास्वपाले अरूलाई सक्काउँछ : सभापति लामिछाने

काठमाडौँ, १ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कतिपयले रास्वपा सकिएको भनेर टिप्पणी गर्ने गरेपनि रास्वपा नसकिएको बरु रास्वपाले अरूलाई सक्काउने बताएका छन् ।

आज काठमाडौँको कमलादीमा सुरु भएको पार्टीको दुई दिने राष्ट्रिय भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले पार्टी स्थापनाको छोटो समयमा हुनुपर्ने र नपर्ने घटनाका चाङमाथि रास्वपा उभिएको भन्दै कुनै न कुनै समस्याले नछोडेको बताए । 

‘हाम्रो आगमन नै अरूका लागि समस्या भयो त हामी के गरौँ ?’, लामिछानेले भने, ‘रास्वपाले दुई तिहाइको नेतृत्व नगरेसम्म यी समस्या आइरहन्छन् ।’

मुलुकमा कुनै ठुलो विपत्ति नपरीकनै दुई ठुला दल मिलेर सरकार बनाउनुपर्ने कुनै कारण नभएको लामिछानेको भनाइ छ ।  ‘रास्वपा सकिएको होइन, रास्वपाले सकाउँछ । लडाई बल्ल सुरु हुदैछ’, लामिछानेले भने, ‘हामीले लड्ने लडाईमा कसैको सिउँदो पुछिदैन । शान्त विद्रोह गर्छौ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २५ भदाै । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले कार्यक्षेत्रमा काम गर्ने क्रममा विद्युत् दुर्घटनामा परी घाइते भएका कर्मचारी

काठमाडौँ, २५ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेनको सरकार सञ्चालनको शैलीमाथि प्रश्न उठाएका छन्। पोखरेलले सामाजिक सञ्जालमार्फत

स्याङ्जा, २५ भदौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकताका लागि आफू अझै नरम हुन तयार रहेको बताएका छन्

काठमाडौँ, २५ भदौ । राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले कानुन निर्माणमा राष्ट्रिय सभाका कारण अवरोध भएको भन्ने अभिव्यक्ति दिएको भन्दै