शिक्षा मन्त्रालयको सूचनाप्रति बंगलादेशमा मेडिकल शिक्षा पढेका विद्यार्थीहरूको आपत्ति

काठमाडौँ, २८ भदौ । नेपालमै ईन्टर्नसीपको माग गर्दै आएका मेडिकल शिक्षा पढेका विद्यार्थीहरू शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सूचनापछि थप आक्रोशित बनेका छन् ।

बंगलादेशमा मेडिकल शिक्षाको कोर्स पुरा गरेर नेपालमै इन्टर्नसीपको व्यवस्था मिलाउन माग गर्दै आएका उनीहरू शिक्षा मन्त्रालयको सूचनापछि आक्रोशित बनेका हुन् ।

बंगलादेशमा कोटा विरोधी आन्दोलनका कारण इन्टर्नसीप गर्न नपाएर नेपाल फर्किएका करिब अढाई सयको हाराहारीमा रहेका एमबीबीएस तथा बीडीएस अध्ययनरत विद्यार्थीहरूले नेपालमै इन्टर्नसीपको माग गर्दै आएका थिए । तर, शिक्षा मन्त्रालयले बंगलादेशस्थित सम्बन्धित कलेजले तोकेको कलेजमा मात्रै इन्टर्नसीप गर्नुपर्ने भन्दै सूचना जारी गरेको थियो । उक्त सूचनाको विरोधमा नेप्लिज मेडिकल स्टुडेन्ट्स एसोसिएसन,बंगलादेशले एक विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ कार्तिक । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको साथै बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को पनि प्रभाव रहने

काठमाडौँ, ११ कार्तिक । धनुषाबाट एक बालक एक सातादेखि बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय, धनुषाका अनुसार धनुषाको नगराइन

काठमाडौँ, ११ कार्तिक । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (साउन-असोज) मा नेपालले करिब साढे ४ अर्ब रुपैयाँ

पोखरा, ११ कार्तिक । पोखराको न्युरोडमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।  अन्नपूर्ण गाउँपालिकाको नौडाडाका आशिष कुँवरको मृत्यु