शिक्षा मन्त्रालयको सूचनाप्रति बंगलादेशमा मेडिकल शिक्षा पढेका विद्यार्थीहरूको आपत्ति

काठमाडौँ, २८ भदौ । नेपालमै ईन्टर्नसीपको माग गर्दै आएका मेडिकल शिक्षा पढेका विद्यार्थीहरू शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सूचनापछि थप आक्रोशित बनेका छन् ।

बंगलादेशमा मेडिकल शिक्षाको कोर्स पुरा गरेर नेपालमै इन्टर्नसीपको व्यवस्था मिलाउन माग गर्दै आएका उनीहरू शिक्षा मन्त्रालयको सूचनापछि आक्रोशित बनेका हुन् ।

बंगलादेशमा कोटा विरोधी आन्दोलनका कारण इन्टर्नसीप गर्न नपाएर नेपाल फर्किएका करिब अढाई सयको हाराहारीमा रहेका एमबीबीएस तथा बीडीएस अध्ययनरत विद्यार्थीहरूले नेपालमै इन्टर्नसीपको माग गर्दै आएका थिए । तर, शिक्षा मन्त्रालयले बंगलादेशस्थित सम्बन्धित कलेजले तोकेको कलेजमा मात्रै इन्टर्नसीप गर्नुपर्ने भन्दै सूचना जारी गरेको थियो । उक्त सूचनाको विरोधमा नेप्लिज मेडिकल स्टुडेन्ट्स एसोसिएसन,बंगलादेशले एक विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

काठमाडौँ, ३ असोज । प्रधानमन्त्री वालेनद्र शाह (बालेन)ले सरकार विद्यमान संविधानप्रति सरकार पूर्णरुपमा प्रतिबद्ध रहेको बताएका छन् । आज संविधान दिवसको

काठमाडौँ, ३ असोज । रौतहटको सदरमुकाम गौर भन्सार नाकाबाट स्रोत नखुलेको २ लाख ५४ हजार रुपैयाँ नगदसहित दुई जना पक्राउ परेका

काठमाडौँ, ३ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संविधानको समीक्षा समाजको पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर गर्नुपर्ने