नेपाल खेल क्षेत्रबाट अन्तर्राष्ट्रिय जगतमा चिनिन थालेको छ : प्रधानमन्त्री ओली

काठमाडौं, २६ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल खेल क्षेत्रबाट क्रमशः अन्तर्राष्ट्रिय जगतमा चिनिन थालेको बताउनुभएको छ ।

राष्ट्रिय खेलकुद परिषद्को ६१ औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले पछिल्ला समयमा खेल क्षेत्रले अन्तर्राष्ट्रियस्तरमा उपलब्धि हासिल गर्न थालेको र पलेसा गोवद्र्धनले पारा ओलम्पिकमा कास्य पदक जित्नु एक कोशेढुङ्गा सावित भएको बताउनुभयो ।

पलेसालाई दिइने रु ६५ लाख पुरस्कार कर नकटाइ छिट्टै दिइने जनाउँदै प्रधानमन्त्री ओलीले पुरस्कार घोषणा भएर प्राप्त नहुने रोग अब अन्त्य हुने स्पष्ट गर्नुभयो । “मौका पाएपछि नेपालीले गर्छ भनेर मैले भन्दै आएको छु । हामीले नयाँ नयाँ सफलता र कीर्तिमान (रेकर्ड) कायम गर्नुपर्छ । पुराना रेकर्डहरु तोड्दै जानुपर्छ । म सबै खेलाडीलाई भविष्यमा थप सफलता मिलोस् भन्ने शुभकामना दिन्छु ।” परिषद्का संरक्षकसमेत रहनुभएका प्रधानमन्त्री ओलीले भन्नुभयो, “हाम्रो अबको लक्ष्य जापानको ओलम्पिक खेल हुनुपर्छ । एसियन खेम लक्ष्य हुनुपर्छ । त्यसको तयारी राम्रोसँग होस् । त्यसअनुसारको तालिम र अभ्यास होस् भन्न चाहान्छु ।”

प्रधानमन्त्री ओलीले कुनै पनि खेलमा प्रतियोगिताको अन्तिम समयसम्म जितिन्छ भन्ने दह्रो आत्मबल बनाएर आँटका साथ खेलेमा जित हासिल हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले खेल क्षेत्रका संस्थाहरु लोकतान्त्रिकरुपमा चलाइनुपर्नेमा जोड दिँदै विधागत विकास र उन्नतिको साटो आफ्नो स्वार्थका लागि कब्जा जमाइ राख्ने प्रवृत्ति उचित नहुने बताउनुभयो । कार्यक्रममा प्रधानमन्त्री ओलीबाट विभिन्न खेलमा यो वर्ष उत्कृष्ठता हासिल गर्ने खेलाडीहरुलाई सम्मान वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ भदौ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले विपद्को क्षणमा उद्धार,राहत र  पुनर्स्थापनामामा जुट्नु सबैको साझा कर्तव्य

काठमाडौँ, १७ भदौ । प्रधानमन्त्री बालेन्द्र शाहले हालैको प्राकृतिक विपद्‌मा परी मृत्यु भएका १ हजार १ सय १४ जनाको शव फेला

काठमाडौँ, १७ भदौ । नेपाली कांग्रेसले रसुवा बाढीका कारण सुरुङभित्र फसेकाहरूको उद्धारमा सरकारले अदूरदर्शिता र अकर्मण्यता जनाएको आरोप लगाउँदै आपत्ति जनाएको

काठमाडौँ, १७ भदौ । ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत लाभांश दिने