‘मेची-महाकाली उद्धार अभियान’मा आनी छोइङ

काठमाडौँ, २४ भदौ । गायिका आनी छोइङ डोल्मा मेची-महाकाली उद्धार अभियान लिएर देश दौडाहामा निस्कँदैछिन् ।

असोज १५ गतेदेखि प्रधानमन्त्री निवास बालुवाटारबाट आनीको अभियान सुरु हुँदैछ । यो अभियान ४० दिनसम्म पूर्वदेखि पश्चिमसम्म चल्नेछ ।

प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेसँगै सुरु हुने यो अभियानमा आनी सहित उनको टोली देशका विभिन्न भागमा पुग्नेछ ।

सामाजिक संस्था मानव सेवा आश्रमसँग मिलेर आनीले अभियान चलाउन लागेकी हुन् । अभियान अन्तर्गत अशक्त, अपांग, विपन्न, असहायलाई उद्धार गरी औषधोपचार गर्ने, जीविकोपार्जनमा सघाउने, मानिस भन्दा नभएर जनावरलाई पनि उद्धार गरेर औषधोपचार र स्याहार गर्ने उद्देश्य छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ असोज । बारामा हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार कोल्हवी

काठमाडौँ, २८ असोज । मनकामना केबलकार तीन दिन बन्द गरिने भएको छ । मर्मत–सम्भारका निम्ति यही असोज २९ देखि आउँदो

ताप्लेजुङ, २८ असोज । सडक अवरुद्धका कारणले सुनसान जस्तै भएको पाथीभरा पछिल्लो समयमा तीर्थयात्रीको सङ्ख्य बढ्दै गएको छ । सडक

कञ्चनपुर, २८ असोज । शुक्लाफाँटा नगरपालिका ८ पारिफाँटा स्थित बैजनाथ आधारभूत विद्यालयका विद्यार्थी नियमित विद्यालय आउने गरेका छन् भने बिचमै विद्यालय