काठमाडौँ, २४ भदौ । प्रतिनिधि सभामा आकस्मिक समयको समय घटाइएको छ ।
यसअघि आकस्मिक समयका लागि तीन मिनेट समय छुट्याउने गरिएको थियो । सोमबारदेखि एक मिनेट घटाएर दुई मिनेट कायम गरिएको हो ।
सोमबार प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै केही सांसदले ढ्याप ढ्याप गरेर आकस्मिक समय माग गरे । त्यसपछि सभामुख देवराज घिमिरेले आकस्मिक समयमा बोल्ने सांसदका लागि दुई मिनेट समय निर्धारण गरिएको जानकारी गराए ।