परिसूचक नेप्से ५५ अंकले घट्यो

काठमाडौँ, २४ भदौ । आज सेयर बजार परिसूचक नेप्से ५५ अंकले घटेको छ । 

बजार परिसूचक २६४६ अंकमा झरेको छ । सेन्सेटिभ इन्डेक्स पनि २ प्रतिशतले घटेको छ । आज कारोबार रकम पनि घटेको छ । आइतबार ९ अर्ब ७२ करोडको कारोबार भएको नेप्सेमा आज ९ अर्ब ३७ करोडको कारोबार भएको छ । 

आज कारोबार भएकामध्ये १४ कम्पनीको मात्रै मूल्य बढेको छ । २२७ कम्पनीको मूल्य घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रह्यो । आज हाथवे इन्भेस्टमेन्ट कम्पनीको मूल्य ९ प्रतिशतले बढ्यो । उन्नति सहकार्य लघुवित्तको मूल्य भने सबैभन्दा धेरै ८ प्रतिशतले घटेको छ ।

कारोबार रकमका हिसाबले आइतबार सीईडीबी हाइड्रोपावर शीर्ष स्थानमा रह्यो । यसको ३७ करोड ५ लाखको सेयर खरिदबिक्री भयो । आज नेप्सेका सबै उपसमूहको सूचक घटेको छ ।  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ असोज । बारामा हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार कोल्हवी

काठमाडौँ, २८ असोज । मनकामना केबलकार तीन दिन बन्द गरिने भएको छ । मर्मत–सम्भारका निम्ति यही असोज २९ देखि आउँदो

ताप्लेजुङ, २८ असोज । सडक अवरुद्धका कारणले सुनसान जस्तै भएको पाथीभरा पछिल्लो समयमा तीर्थयात्रीको सङ्ख्य बढ्दै गएको छ । सडक

कञ्चनपुर, २८ असोज । शुक्लाफाँटा नगरपालिका ८ पारिफाँटा स्थित बैजनाथ आधारभूत विद्यालयका विद्यार्थी नियमित विद्यालय आउने गरेका छन् भने बिचमै विद्यालय