गोर्खा मिडियामा सहकारीको रकम गलत ढंगले आयो : सभापति लामिछाने

काठमाडौँ, २४ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गोर्खा मिडियामा गलत ढंगले सहकारीको रकम आएको बताएका छन् ।

आज धनगढी विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै लामिछानेले गोर्खा मिडियामा गलत ढंगले सहकारीको रकम आए पनि त्यसमा आफ्नो कुनै संलग्नता नभएको बताए ।

उनले भने, ‘गोर्खा मिडिया लगायतका संस्थाहरुमा सहकारीबाट गलत ढंगले पैसा गएको स्थापित भएको कुरा हो ।’

आफू गोर्खा मिडियामा भएकै कारण अरुले गरेको बद्मासीको जिम्मेवारी लिनुपर्छ भन्ने नहुने उनले बताए । कसले बद्मासी गर्‍यो भनेर प्रहरी अनुसन्धानले देखाइसकेको भन्दै लामिछानेले भने, ‘त्यसमा मेरो संलग्नता छ कि छैन भन्ने जुन विषय हो, मैले लाभ लिएको हुनुपर्‍यो ।’

उनले संसदको छानविन समितिले समस्या समाधान केन्द्रित भएर प्रतिवेदन दिन्छ भन्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ असोज । बारामा हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार कोल्हवी

काठमाडौँ, २८ असोज । मनकामना केबलकार तीन दिन बन्द गरिने भएको छ । मर्मत–सम्भारका निम्ति यही असोज २९ देखि आउँदो

ताप्लेजुङ, २८ असोज । सडक अवरुद्धका कारणले सुनसान जस्तै भएको पाथीभरा पछिल्लो समयमा तीर्थयात्रीको सङ्ख्य बढ्दै गएको छ । सडक

कञ्चनपुर, २८ असोज । शुक्लाफाँटा नगरपालिका ८ पारिफाँटा स्थित बैजनाथ आधारभूत विद्यालयका विद्यार्थी नियमित विद्यालय आउने गरेका छन् भने बिचमै विद्यालय