आठ महिनामा भित्रिए सात लाखभन्दा बढी पर्यटक

काठमाडौँ, २० भदौ । सन् २०२४ को आठ महिनामा सात लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार वर्षको जनवरीदेखि अगस्त महिनासम्म सात लाख २० हजार तीन सय ३४ पर्यटकले नेपाल भ्रमण गरेका हुन् । अगस्तमा विदेशी पर्यटकको आगमन आठ दशमलव तीन प्रतिशतले बढेको छ । सो महिनामा मात्र ७२ हजार सात सय १९ पर्यटक नेपाल आएका छन् । 

सन् २०२३ को अगस्तको तुलनामा यस वर्षको सोही अवधिमा पाँच हजार पाँच सय ६६ बढी पर्यटक नेपाल भित्रिएका हुन् । गत वर्ष कुल ६७ हजार एक सय ५३ जना पर्यटक आएकामा सन् २०२४ को अगष्टमा ७२ हजार सात सय १९ पर्यटक नेपाल भित्रिएका छन् ।

बोर्डको आँकडाअनुसार अगस्तमा भारतबाट सबैभन्दा बढी २५ हजार आठ सय ३२, चीनबाट छ हजार छ सय १४, अमेरिकाबाट पाँच हजार छ सय १४, श्रीलङ्काबाट चार हजार आठ सय ५१ र बङ्गलादेशबाट तीन हजार ७७ पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२२ को अगस्तमा ४१ हजार तीन सय चार, सन् २०२१ को सोही अवधिमा छ हजार ९३ र सन् २०१९ को अगस्तमा ९४ हजार सात सय ४९ जना विदेशी पर्यटक नेपाल आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ भदौ । गायिका आनी छोइङ डोल्मा मेची-महाकाली उद्धार अभियान लिएर देश दौडाहामा निस्कँदैछिन् । असोज १५ गतेदेखि प्रधानमन्त्री

काठमाडौँ, २४ भदौ । अभिनेता राजेश हमालले नेपालमा राजनीतिक दलका नेताहरूले सन्तोषजनक काम गर्न नसक्दा जनतामा निराशा देखिएको बताएका छन् ।  काठमाडौँ

काठमाडौँ, २३ भदौ । चलचित्र ‘नाङ्गो गाउँ’ युट्युब ट्रेन्डिङको एक नम्बरमा आइपुगेको छ । शुक्रबार बुढा सुब्बा डिजिटल युट्युब च्यानलबाट

काठमाडौँ, २३ भदौ । वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठको सम्पूर्ण उपचार लन्जेभिटी हेल्थ होमले आजीवन निःशुल्क गर्ने भएको छ । शनिबार