पुस्तकालय ऐन बनाउन आवश्यक : मन्त्री भट्टराई

काठमाडौँ, १५ भदौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राज्य र पुस्तकालयबीच सम्बन्ध स्थापित गर्न पुस्तकालय ऐन बनाउन आवश्यक रहेको बताएकी छन् । 

आज १७ औँ पुस्तकालय दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले मुलुकमा अझै पनि २०६४ सालमा बनेको पुस्तकालय नीति कार्यान्वयनमा रहेको उल्लेख गर्दै उक्त नीतिलाई आजको सन्दर्भमा परिमार्जन गरेर लागु गर्न मन्त्रालय छलफलमा जुटेको बताइन् । 

उनले भनिन्, ‘हामीले पुस्तक नीतिको प्रारम्भिक मस्यौदा तयार गरेका छौँ । तर अझै त्यसलाई व्यवस्थित गरेर अगाडि बढ्ने भन्ने सन्दर्भमा  सबैसँग छलफल गरेर अगाडि बढ्नेछौँ । हामीसँग २०६४ सालमा बनेको पुस्तकालय नीति भएपनि आजको सन्दर्भमा परिमार्जन गरेर कसरी लागु गर्ने भन्ने सन्दर्भमा पनि हामीले छलफल गर्नुपर्नेछ ।  पुस्तकालय ऐन नै आवश्यक छ भनेर कुरा आइसकेको छ । यसमा म गम्भीर छु । यसमा पनि काम गरेर अगाडि बढ्ने प्रतिबद्धता जाहेर गर्न चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेल विराटनगर किंग्स र चितवन राइनोजबीच

काठमाडौँ, ९ कार्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को पहिलो खेलमा लुम्बिनी लायन्सले सहज जित हासिल गरेको छ

काठमाडौँ, ९ कार्तिक । फुटबल प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई नगदको सट्टा अलैँची पुरस्कार प्रदान गरिने भएको छ ।  ताप्लेजुङको

काठमाडौँ, ९ कार्तिक । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपाल प्रिमियर लिग (एनपीएल) केही वर्षमै नेपाली खेलकुदको ठूलो उत्सवका रूपमा स्थापित भएको