दशरथ रंगशालालाई उत्कृष्ट बनाउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौँ १३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले रंगशालाको आवश्यक निर्माणकार्य उत्कृष्ट ढंगले गर्न उनले सम्बन्धित निकायलाई निर्देशन दिए । उनले खेल मैदान धेरै बिग्रिएकाले देशकै बेइज्जत हुने खालको स्थिति नहुने गरी निर्माण गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार महिला भलिबल खेलाडीको सम्मान कार्यक्रममा प्रधानमन्त्री ओलीले दशरथ रंगशालाको अवस्थाका कारण देशकै बेइज्जत भएको पनि बताए । केही समयअघि भुटानको पारोसँगको खेलमा रंगशालाको अवस्थाले देशको बेइज्जत भएको उनले उल्लेख गरे । प्रधानमन्त्री ओलीले १०औँ राष्ट्रिय खेलकुद खेलाउँदा दशरथ रंगशाला चुस्त–दुरुस्त बनाउन सक्नुपर्ने बताए । आजैदेखि मैदान उत्कृष्ट बनाउन सुरु गर्न उनले निर्देशन दिए ।

उनले खेलाडीका निम्ति भौतिक पूर्वाधारसहितका सेवा सुविधा वृद्धि गर्न सरकारले अधिकतम ध्यान दिने प्रतिबद्धता जनाएका छन् । भलिबललाई एउटा कभर्ड हल आवश्यक रहेको खेलाडी स्वयंले बताइसकेको उनले उल्लेख गरे । सरकारले आवश्यक ध्यान दिई त्यसतर्फ काम गरिरहेको उनले बताए । उनले हरेक प्रदेश र जिल्ला—जिल्लामा एउटा एउटा कभर्ड हल भएको खण्डमा खेलाडीलाई अभ्यास गर्न सहज हुने गरी सरकारले काम अघि बढाइरहेको जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । नेपालका लागि पाँच देशका नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बुधबार

काठमाडौँ, १४ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना

काठमाडौँ, १४ असोज । नेपालमा सञ्चालित छाला प्रशोधन (ट्यानिङ) उद्योगहरूका लागि एकीकृत वातावरणीय मापदण्ड तोक्न र मानव बस्तीबाट न्यूनतम दूरी निर्धारण

काठमाडौँ, १४ असोज । सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारी र उत्पादनसँग जोड्दै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्