सिजपद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौँ, १२ भदौ । बालबालिकाको क्षेत्रमा क्रियासील रहेको बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले बालबालिकाको विभिन्न मुद्धाहरुमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

सिजपको अध्यक्ष मिना शर्मा लगायतको टोलीले आज प्रधानमन्त्रीलाई २४ बुँदे ध्यानाकर्षण बुझाइ बालबालिका राष्ट्रिय गौरव हुन् भन्ने मान्यताको साथ काम गर्न सरकारलाई ध्यानाकर्षण गर्नुभयो । सडक बालबालिका मुक्त नेपाल बनाउने अभियानको प्रभावकारी कार्यान्वयन,सर्वोच्च अदालतको फैसला बमोजिम बाल अदालत गठनका साथै बालबालिकाका निम्ति निश्चित प्रतिशत बजेटको सुनिश्चितता, बाल बजेट सङ्केत (कोड)को व्यवस्था गर्न, बालपोषण भत्ता ७७ वटै जिल्लामा विस्तार गरी हाल प्रदान गरिरहेको रकमलाई वृद्धि गरी कम्तिमा एक हजार पुर्याउन लगाएतको कामहरु गर्न सम्बन्धित निकायलाई निर्देशन दिन ध्यानाकर्षण पत्रमा भनिएको छ ।

त्यसैगरी बाल सुधार गृहमा देखिएका समस्याको तत्काल सम्बोधन गर्दै बाल सुधार गृहको क्षमता अनुसार बालबालिकालाई राखिनु पर्ने र गृहमा देखिएका समस्या उनीहरूको शिक्षा, स्वास्थ्य, मनोविमर्श, संरक्षणको शुनिश्चितता गर्दै बाल सुधार गृहमा १८ वर्षभन्दा कम उमेरकालाई मात्र राख्ने कुरा ग्यारेन्टी गरिनु पर्ने समेत ध्यानाकर्षण पत्रमा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असाेज । सम्भावित बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गको काभ्रे खण्डमा रातिको समयमा सवारी आवागमनमा रोक

काठमाडौँ, ७ असोज । ललितपुर महानगरपालिका–४ जावलाखेल चोकमा एक जना मृत फेला परेका छन् । प्रहरीका अनुसार नामथर नखुलेका अन्दाजी ५०

काठमाडौँ, ७ असोज । बजारमा अन्डाको मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघका अनुसार आजदेखि लागु हुने गरी अन्डा प्रतिक्रेट

काठमाडौँ, ७ असोज । भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटस्थित सडकमा कर्णाली प्रदेश ०२–००३ प ३७०७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ