साफ यू–२० च्याम्पियनसीपको उपाधि बंगलादेशले जित्यो

काठमाडौँ, १२ भदौ । साफ यू–२० च्याम्पियनसीपको उपाधि बंगलादेशले जितेको छ ।

सादोबाटोस्थित एन्फा कन्फ्लेक्समा भएको खेलमा घरेलु टोली नेपाललाई ४–१ ले पराजित गर्दै बंगलादेशले साफ यू–२० च्याम्पियनसीपको उपाधि जितेको हो ।

बंगलादेशले खेलको पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै पहिलो अग्रता लिएको थियो । मिराजुल इस्लामले बंगलादेशका लागि पहिलो अग्रता दिलाएका थिए ।

त्यसपछि ५५औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर र ७१औं मिनेटमा गोल गर्दै बंगलादेशले अग्रतालाई तेब्बर बनाएको थियो । दोस्रो गोल पनि इस्लामले नै गरेका थिए । दोस्रो हाफको इन्जुरी समयमा बंगलादेशले थप एक गोल गरेको थियो । नेपालका समिर स्याङताङले खेलको ८१औं मिनेटमा एक गोल फर्काएपनि जितका लागि प्रयाप्त भएन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ चैत । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ११ सय

काठमाडौँ, ५ चैत । काठमाडौँबाट ठूलो परिमाणमा विभिन्न देशका मुद्रा (पैसा) नेपाल प्रहरीको विशेष टोलीले बरामद गरेको छ । प्रहरीका

चितवन, ५ चैत । कुखुराको चल्ला कोरल्न प्रयोग गरिने दुई सय ३६ ह्याचरी उद्योग बन्द भएका छन् । कोभिडपछि लागत

काठमाडौँ, ५ चैत । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । गोलभेडा