सन्दीप र ललित अस्ट्रेलियाको ‘बिग बाश लिग’ को ड्राफ्टमा

काठमाडौँ, १२ भदौ । अस्ट्रेलियाको ‘बिग बाश लिग’ (बीबीएल) टी–२० क्रिकेटको ड्राफ्टमा नेपालका दुई जना खेलाडी परेका छन् ।

१४ औं संस्करणको बीबीएलमा नेपालबाट स्पिनर सन्दीप लामिछाने र ललित राजवंशी ड्राफ्टको सूचीमा परेका हुन् ।

आउँदो सेप्टेम्बर १ मा हुने अक्शनका लागि ४ सय ३२ जना खेलाडीको ड्राफ्ट सूचीमा सन्दीप र ललित पनि परेका हुन् । प्रतियोगिता डिसेम्बर १५ देखि शुरू हुनेछ ।

सन्दीपले बीबीएलको ३ वटा संस्करणमा खेलिसकेका छन् । उनले दुई वटा संस्करणमा मेलबन स्टार्सबाट र एउटा संस्करणमा होबर्ट हरिकेन्सबाट खेलेका छन् ।

बीबीएलमा खेलाडीलाई चार वटा तहमा छुट्याइन्छ । प्लाटिनममा पर्नेले ४ लाख २० हजार डलरसम्म पारिश्रमिक पाउँछन् । यस्तै गोल्डमा पर्नेले ३ लाख, सिल्भरमा पर्नेले २ लाख र ब्रोन्जमा पर्नेले १ लाख डलरसम्म पारिश्रमिक पाउँछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारत र चीनबीच बढ्दो सहकार्यबाट नेपालले अधिकतम लाभ लिन सक्नुपर्ने बताएका छन् ।

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्