सन्दीप र ललित अस्ट्रेलियाको ‘बिग बाश लिग’ को ड्राफ्टमा

काठमाडौँ, १२ भदौ । अस्ट्रेलियाको ‘बिग बाश लिग’ (बीबीएल) टी–२० क्रिकेटको ड्राफ्टमा नेपालका दुई जना खेलाडी परेका छन् ।

१४ औं संस्करणको बीबीएलमा नेपालबाट स्पिनर सन्दीप लामिछाने र ललित राजवंशी ड्राफ्टको सूचीमा परेका हुन् ।

आउँदो सेप्टेम्बर १ मा हुने अक्शनका लागि ४ सय ३२ जना खेलाडीको ड्राफ्ट सूचीमा सन्दीप र ललित पनि परेका हुन् । प्रतियोगिता डिसेम्बर १५ देखि शुरू हुनेछ ।

सन्दीपले बीबीएलको ३ वटा संस्करणमा खेलिसकेका छन् । उनले दुई वटा संस्करणमा मेलबन स्टार्सबाट र एउटा संस्करणमा होबर्ट हरिकेन्सबाट खेलेका छन् ।

बीबीएलमा खेलाडीलाई चार वटा तहमा छुट्याइन्छ । प्लाटिनममा पर्नेले ४ लाख २० हजार डलरसम्म पारिश्रमिक पाउँछन् । यस्तै गोल्डमा पर्नेले ३ लाख, सिल्भरमा पर्नेले २ लाख र ब्रोन्जमा पर्नेले १ लाख डलरसम्म पारिश्रमिक पाउँछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ चैत । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ११ सय

काठमाडौँ, ५ चैत । काठमाडौँबाट ठूलो परिमाणमा विभिन्न देशका मुद्रा (पैसा) नेपाल प्रहरीको विशेष टोलीले बरामद गरेको छ । प्रहरीका

चितवन, ५ चैत । कुखुराको चल्ला कोरल्न प्रयोग गरिने दुई सय ३६ ह्याचरी उद्योग बन्द भएका छन् । कोभिडपछि लागत

काठमाडौँ, ५ चैत । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । गोलभेडा