नेप्से परिसूचक ३.८० अंकले बढ्यो

काठमाडौँ, १२ भदौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार बढेको छ । बुधबार नेप्से परिसूचक ३.८० अंकले बढेर २ हजार ७८६.४० को बिन्दुमा पुगेको हो । 

यसदिन ३ करोड ५० लाख कित्ता सेयर किनबेच हुँदा १३ अर्ब ७२ करोड हाराहारीको कारोबार भएको नेप्सेले जनाएको छ । आज नेप्से परिसूचक तीव्र उतार चढाव हुँदै गर्दा अन्तिम समयमा भने वृद्धि भएर बजार बन्द भएको हो । 

यसअघि मंगलबार भने सेयर बजार परिसूचक नेप्सेमा १११.९६ अंकको पहिरो गएको थियो । बुधबार बैंकिङ, होटेल तथा पर्यटन, हाइड्रोपावर, इन्भेस्टमेन्ट, म्यानुफ्याक्चरिङ, मिचुअल फन्ड र अन्य उपसूचकमा वृद्धि भएको नेप्सेले जनाएको छ । 

यस्तै नेप्सेका अनुसार बुधबार ३ वटा कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ भने कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । यस्तै यसदिन सबैभन्दा धेरै चन्द्रागिरी हिल्सको सेयर कारोबार भएको नेप्सेले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ चैत । सेयर बजार परिसूचक (नेप्से) आज १०.१४ अङ्कले घटेको छ । आइतबार २१.६३ अङ्कले ओरालो लागेको नेप्सेले सोमवार

काठमाडौँ, ४ चैत । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नागरिक लगानी कोष, सञ्चय कोष लगायतका कोषहरुको लगानी उत्पादनमुलक

काठमाडौँ, ४ चैत । आज बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

काठमाडौँ, ४ चैत । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक ११ बजे संसद भवन नयाँ बानेश्वरमा सुरु भएको छ । प्रत्यक्ष प्रसारण